संसद् अवरुद्ध गर्ने विपक्षीको अडान कायमै

काठमाडौं । संसद्‌मा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको प्रयास विफल भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा घिमिरेले बोलाएको बैठकमा प्रधानमन्त्रीको सम्बोधन बिना सदन अवरुद्ध जारी राख्ने अडानबाट प्रतिपक्षी टसमस भएन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले जवाफ नदिउन्जेल सम्म संसद् चलन नसक्ने बताए । “हामी हाम्रो […]

Mar 30, 2025 - 07:25
 0
संसद् अवरुद्ध गर्ने विपक्षीको अडान कायमै

काठमाडौं । संसद्‌मा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको प्रयास विफल भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा घिमिरेले बोलाएको बैठकमा प्रधानमन्त्रीको सम्बोधन बिना सदन अवरुद्ध जारी राख्ने अडानबाट प्रतिपक्षी टसमस भएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले जवाफ नदिउन्जेल सम्म संसद् चलन नसक्ने बताए । “हामी हाम्रो मागमा यथावत् छौँ । प्रधानमन्त्रीको जवाफ बिना संसद् चल्दैन,” पाण्डेले भने ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयलाई लिएर प्रतिपक्षीले संसद्‌मा अवरोध सृजना गरिरहेका छन् । आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सुरुसमेत हुन सकेको छैन ।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा गर्ने भन्दै संसद्को कारबाही अघि बढाउनु पर्ने बैठकमा धारणा राखेका थिए ।

आइतबार प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको भन्दै संसद्को नियमित काम कारबाही अघि बढाउनुपर्ने बर्तौलाको तर्क छ ।

बैठकमा सभामुखले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register