ग्लोबल आइएमई बैङ्क र आईएफसीबीच डिजिटल ट्रान्सफर्मेसन तथा एम्बेडेड फाइनान्स एड्भाइजरी साझेदारी

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडेल अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे […]

Mar 30, 2025 - 07:45
 0
ग्लोबल आइएमई बैङ्क र आईएफसीबीच डिजिटल ट्रान्सफर्मेसन तथा एम्बेडेड फाइनान्स एड्भाइजरी साझेदारी

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडेल अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे ।

सम्झौताअनुसार विश्व बैङ्क समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आईएमई बैङ्कको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक क्षेत्र पहिचान गर्ने र बैङ्कको डिजिटल बैङ्किङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सुझाव प्रदान गर्ने छ ।

यसका साथै आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवर्द्धन गर्न फिनटेक सम्भाव्यता अध्ययन गरी ग्लोबल आईएमई बैङ्कलाई सल्लाह समेत प्रदान गर्ने छ ।

यो सम्झदारीपछि बैङ्कमा उपलब्ध विभिन्न सेवा तथा सुविधा रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवा विकास गर्न सहज हुने बैङ्कले विश्वास लिएको छ ।

ग्लोबल आईएमई बैङ्क आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको डिजिटल बैङ्किङ सेवा गर्न प्रतिबद्ध रहेको बताउँदै सीईओ रेग्मीले यो सम्झौताले बैङ्कको डिजिटल बैङ्किङ प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा विकास र प्रयोग गर्न सहयोग पुग्ने जानकारी दिए ।

उनले डिजिटल बैङ्किङ र फिनटेक साझेदारीमा आईएफसीले विश्भरिबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैङ्किङ क्षेत्रलाई नयाँ उपचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register