पाथिभरा केबलकारको काम रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बू लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।  तर, रिटमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई चैत २६ गते बोलाएको छ ।  रिट निवेदनमा उल्लेख […]

Mar 30, 2025 - 08:23
 0
पाथिभरा केबलकारको काम रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बू लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । 

तर, रिटमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई चैत २६ गते बोलाएको छ । 

रिट निवेदनमा उल्लेख गरिएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने सर्वोच्च अदालतको निष्कर्ष छ । 

सोही विषयको छलफलका लागि अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई चैत २६ गते छलफलमा बोलाएको छ । लिम्बू लगायतको टोलीले पाथिभरामा केबलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register