ह्युमपाइप बगाएपछि कुशेश्वर मन्दिर पुग्न कठिन, रोशी तर्नुपर्ने बाध्यता (तस्वीरहरू)

सिन्धुली । सुनकोसी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दुहरुको प्रसिद्ध धार्मिक क्षेत्र, कुशेश्वर महादेव मन्दिर दर्शन गर्न जानेहरुलाई अहिले कठिनाइ भइरहेको छ । गत वर्ष असोज १२ गते रोशीमा आएको बाढीले यहाँ रहेको ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ हुँदै आएको हो । हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका […]

Jul 5, 2025 - 06:37
 0
ह्युमपाइप बगाएपछि कुशेश्वर मन्दिर पुग्न कठिन, रोशी तर्नुपर्ने बाध्यता (तस्वीरहरू)

सिन्धुली । सुनकोसी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दुहरुको प्रसिद्ध धार्मिक क्षेत्र, कुशेश्वर महादेव मन्दिर दर्शन गर्न जानेहरुलाई अहिले कठिनाइ भइरहेको छ ।

गत वर्ष असोज १२ गते रोशीमा आएको बाढीले यहाँ रहेको ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ हुँदै आएको हो ।

हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका थिए । कुशेश्वर मन्दिरकै पारी पट्टि सुनकोसीको किनारमा ऋषी विश्वामित्रले तपस्या गरेको स्थानसमेत रहेको छ । यहीँबाट गायत्री मन्त्रको उत्पत्ति भएको शिव पुराणमा उल्लेख रहेको पाइन्छ ।

पहिले रोशीमा ह्युमपाइप राखेर गाडीलगायत पैदल यात्रीलाई मन्दिरसम्म जाने व्यवस्था मिलाइएको थियो । तर, गत वर्षको बाढीले ह्युमपाइप बगाएपछि अहिले मन्दिर दर्शन गर्न रोशी नै तरेर जानुको विकल्प छैन । सानो पानी पर्दा पनि रोशीको बहाव बढ्ने हुँदा अहिले मन्दिरमा दर्शनार्थी कम आउन थालेका छन् ।

बाढीले सुनकोसी नदिमाथि बनेको पक्की पुलसमेत बगाएको हुँदा अहिले यहाँबाट मध्यपहाडी राजमार्ग हुँदै रामेछाप जिल्लाको खाँडादेवी, दोरम्बा र शैलुङ्ग जाने सडक यातायातसमेत बन्द भएको छ ।

पुल नहुँदा अहिले यहाँका बासिन्दाहरुलाई रामेछाप जान करिब १५ किलोमिटर तल मुलकोट बाट जानुपर्ने बाध्यता रहेको छ ।

हेरौं तस्वीर –

    

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register