गुडिरहेको बसमा आगलागी

बाँके, ६ बैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरस्थित जंगलमा गुडिरहेको बसमा शुक्रबार राति अचानक आगलागी भएको छ। प्रदेश ३–०१–००६ ख ९८३ नम्बरको उक्त बस फत्तेपुरको ढलैयादेखि करिब ५०० मिटर पूर्वतर्फ रहेको स्थानमा आगलागी भएको हो। प्रहरीका अनुसार बिग्रिएको बस मर्मतका लागि नेपालगन्ज ल्याउने क्रममा यो घटना भएको हो। बसमा आगो लागेपछि चालक र सहचालकले हामफालेर [...] The post गुडिरहेको बसमा आगलागी appeared first on Jhapa Online.

Apr 19, 2025 - 03:42
 0
गुडिरहेको बसमा आगलागी

बाँके, ६ बैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरस्थित जंगलमा गुडिरहेको बसमा शुक्रबार राति अचानक आगलागी भएको छ। प्रदेश ३–०१–००६ ख ९८३ नम्बरको उक्त बस फत्तेपुरको ढलैयादेखि करिब ५०० मिटर पूर्वतर्फ रहेको स्थानमा आगलागी भएको हो।

प्रहरीका अनुसार बिग्रिएको बस मर्मतका लागि नेपालगन्ज ल्याउने क्रममा यो घटना भएको हो। बसमा आगो लागेपछि चालक र सहचालकले हामफालेर ज्यान जोगाएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार आगलागीको खबर पाएलगत्तै दमकल घटनास्थलतर्फ पठाइएको थियो। नेपालगन्जबाट करिब एक घण्टापछि पुगेको दमकलले आगो नियन्त्रणमा लिएको भए पनि त्यसबेलासम्म बसको करिब ८० प्रतिशत भाग जलेर नष्ट भइसकेको थियो।

बसमा आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको पातलीले जानकारी दिए।

The post गुडिरहेको बसमा आगलागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register