गभर्नर बन्ने चर्चा चल्नेबित्तिकै भट्टविरुद्ध सर्वोच्चमा रिट, योग्यता नपुग्ने दाबी, देउवालाई चाहना अधुरै हुने पीर !

काठमाडौँ । गभर्नर नियुक्तिको चर्चा चलेपछि गभर्नरका बलियो दाबेदार डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काँग्रेस सभापति शेर बहादुर देउवाका खास पात्रका रुपमा चिनिएका भट्टको गभर्नर नियुक्तिका लागि लागि योग्यता नपुग्ने दाबीसहित सर्वोच्चमा रिट निवेदन दायर गरिएको हो । भट्टको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताद्वय प्रतिभा उप्रेती र […]

Apr 18, 2025 - 12:50
 0
गभर्नर बन्ने चर्चा चल्नेबित्तिकै भट्टविरुद्ध सर्वोच्चमा रिट, योग्यता नपुग्ने दाबी, देउवालाई चाहना अधुरै हुने पीर !

काठमाडौँ । गभर्नर नियुक्तिको चर्चा चलेपछि गभर्नरका बलियो दाबेदार डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काँग्रेस सभापति शेर बहादुर देउवाका खास पात्रका रुपमा चिनिएका भट्टको गभर्नर नियुक्तिका लागि लागि योग्यता नपुग्ने दाबीसहित सर्वोच्चमा रिट निवेदन दायर गरिएको हो ।

भट्टको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट निवेदन पेश गरेका हुन् । 

रिट निवेदनमा गभर्नर बन्न डा. भट्टको योग्यता नपुग्ने दाबी गरिएको छ । त्यस्तै, नेताहरुबीच सहमति भएको भन्दै ऐन, नियम भन्दा बाहिर गएर गभर्नर नियुक्ति गर्ने कार्य दुषित भएको दावी उक्त रिटमा गरिएको छ ।

भट्टको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको उक्त रिटको पेशी आइतबारका लागि तोकिएको छ । यसो त अधिवक्ताद्वय उप्रती र थापाले गभर्नर नियुक्तिको मापदण्ड संसोधनविरुद्ध रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै अदालतले ६५ वर्षको उमेरहद हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश समेत जारी गरेको छ । 

उक्त रिटको अर्को पेशी आइतबारका लागि तोकिएको छ । सोही रिटमा सामेल हुनेगरी भट्टको योग्यताविरुद्धको पूरक रिटसमेत सामेल हुनेछ । देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सहमतिपछि गभर्नरको रेसमा होमिएका भट्टले राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका छन् । तर, उनको राजिनामा स्वीकृत भने भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register