चोरीको मोटरसाईकलसहित दुईजना युवक पक्राउ

रौतहट ।  रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकलसहित दुईजना युवक लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने  बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएस्पी राजकुमार राईले न्युज कारखाना लाई बताएका छन्। गत बुधबार दिउँसो […]

Apr 18, 2025 - 15:25
 0
चोरीको मोटरसाईकलसहित दुईजना युवक पक्राउ

रौतहट ।

 रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकलसहित दुईजना युवक लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने  बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएस्पी राजकुमार राईले न्युज कारखाना लाई बताएका छन्।

गत बुधबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको अपाचे मोटरसाईकलसहित शंकास्पद अवस्थामा बसेको हेरेर नियन्त्रणमा लिएको थियो।

उनीहरू सँग मोटरसाईकल नम्वर BR30A8033 र ईन्जिन नम्बर MD634AE8XM2B14650,च्यासिस नम्बर AE8BM2114289 भएको TVS कम्पनीको १६० CC को मोटरसाईकलको सवारी दर्ता,भन्सारका कागजातहरू माग गर्दा नभएको बताएका थिए।

दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाईकल चोरी गरी ल्याएको पुष्टि भएकोले उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी म्याद थप गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register