हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । विसाखापट्नममा आइतबार भएको खेलमा दिल्लीले सात विकेटको सहज जित हासिल गरेको हो । हैदराबादले दिएको १६४ रनको लक्ष्य दिल्लीले मात्र तीन विकेट गुमाएर २४ बल बाँकी छँदै पूरा गर्यो । दिल्लीका लागि फाफ डे प्लेसिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५० […]

Mar 31, 2025 - 02:02
 0
हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । विसाखापट्नममा आइतबार भएको खेलमा दिल्लीले सात विकेटको सहज जित हासिल गरेको हो ।

हैदराबादले दिएको १६४ रनको लक्ष्य दिल्लीले मात्र तीन विकेट गुमाएर २४ बल बाँकी छँदै पूरा गर्यो ।

दिल्लीका लागि फाफ डे प्लेसिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५० बनाए । हैदराबादका जिशान अन्सारीले तीन विकेट लिएपनि टोलीलाई जिताउन पर्याप्त भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । उसका लागि अङ्कित बर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७४ रन बनाए ।

दिल्लीको जितमा मिचेल स्टार्कले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी बने ।

दिल्लीको यो दुई खेलमा शतप्रतिशत जित हो भने हैदराबादको दोस्रो हार हो । हैदराबादले एक खेलमा भने जित हासिल गरेको छ ।

यसअघि दिल्लीले लखनऊ सुपरजाइन्टलाई हराएको थियो । दिल्ली अङ्क तालिकाको दोस्रो तथा हैदराबाद आठौं स्थानमा छ ।

गुजरातको मुम्बईमाथि ३६ रनको जित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register