‘कुङ फू हस्टल’को ‘फन्नी सिन’, जसले फेरि तान्यो दर्शकको ध्यान

काठमाडौं । सन् २००४ मा रिलिज भएको मार्सल आर्ट्स एक्सन कमेडी चलचित्र ‘कुङ फू हस्टल’ पछिल्ला दिनहरूमा फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विशेषतः चलचित्रमा १ मिनेट ९ सेकेन्डको रमाइलो दृश्य छ । जहाँ वेन हुई हे नुहाइरहेका बेला पानी अचानक बन्द हुने क्लिप छ । याे सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरै […]

May 9, 2025 - 08:06
 0
‘कुङ फू हस्टल’को ‘फन्नी सिन’, जसले फेरि तान्यो दर्शकको ध्यान

काठमाडौं । सन् २००४ मा रिलिज भएको मार्सल आर्ट्स एक्सन कमेडी चलचित्र ‘कुङ फू हस्टल’ पछिल्ला दिनहरूमा फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विशेषतः चलचित्रमा १ मिनेट ९ सेकेन्डको रमाइलो दृश्य छ । जहाँ वेन हुई हे नुहाइरहेका बेला पानी अचानक बन्द हुने क्लिप छ । याे सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरै प्रयोगकर्ताले यो सिनको अभिनय गर्दै भिडिओ बनाएका छन् ।

उक्त दृश्यमा वेन नुहाइरहेका हुन्छन्, उनको शरीरभरि साबुनको फिँज हुन्छ, त्यही बेलामा धारामा पानी सुक्छ र उनले घरबेटीलाई ‘पानी फेरि बन्द भयो, बारम्बार पानी बन्द हुन्छ’ भन्दै कराउँछन् । यो समस्या काठमाडौंका घरहरूमा हुने पानीको अभावजस्तै देखिन्छ ।

Wen-Hui-He

त्यसपछि घरबेटीको भूमिका निर्वाह गरेकी ल्यान्डलेडी उन चिउ चप्पल बजार्दै त्यहाँ आइपुग्छिन् र निकै छुच्चो शैलीमा प्रस्तुत हुँदै भन्छिन् – ‘दिनभरि नुहाउँदै बस्छस् ? पानी के फ्रीमा आउँछ ? भाडा त कहिल्यै दिँदैनस्, फोकटको पानी मात्र चाहिन्छ ?’ बटारिएको कपाल, मुखमा चुरोट, पुरानो र छोटो गाउन लगाएकी उनी निकै छुच्चाे रुपमा प्रस्तुत भएकी छिन् ।

Landlord(Yuen-Qiu)

ल्यान्डलेडीको दमदार प्रस्तुति

यो चलचित्रको सबैभन्दा चर्चित र शक्तिशाली पात्रहरूमध्ये ल्यान्डलेडी (उन) पनि हुन् । उनलाई एक घमण्डी घरमालिकको रूपमा देखाइएको छ । तर उनको वास्तविक शक्ति ‘लायन रोअर’ हुन्छ, जसले आवाजमार्फत नै भौतिक संरचना ध्वस्त पार्न सक्छ । उनका संवाद, चिच्याहट र कुङ फू कलाले दर्शकहरूले धेरै मन पराएका थिए ।

उन एक बहुप्रतिभाशाली अभिनेत्री, कुङ फू कलाकार तथा पूर्वस्टन्ट वुमन हुन् । ‘ कुङ फू हस्टल’ मा ल्यान्डलेडीको भूमिकामा अभिनय गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएकी थिइन् । उनको वास्तविक नाम चेउङ छेउन–नाम (Cheung-Cheung-Nam) हो । उनले उन वू–पिङको निर्देशनमा कुङ फू सिकेकी थिइन् र पेकिङ ओपेरा स्कुलमा प्रशिक्षण प्राप्त गरेपछि ‘उन’ स्टेज नेमको रूपमा प्रयोग गर्न थालिन् ।

उनले हङकङको सुप्रसिद्ध चाइनिज ओपेरा स्कुलमा प्रशिक्षण लिएकी थिइन्, जहाँ उनले कठोर शारीरिक अभ्यास, मार्सल आर्ट्स र स्टन्ट टेक्निकहरू सिकेकी थिइन् । उनी निकै निजी जीवन बिताउने अभिनेत्री हुन् । उनले ४५ भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । उनी जन्म सन् १९५० मा भएको थियो ।

                       Yuen-Qiu

‘कुङ फू हस्टल’ बाट उनले सन् २००५ मा गोल्डेन हर्स अवार्डअन्तर्गत सर्वश्रेष्ठ सहायक अभिनेत्रीको रूपमा पुरस्कार र सन् २००६ मा हङकङ फिल्म अवार्डमा पनि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी थिइन् ।

१०४ मिलियन अमेरिकी डलरको व्यापार

सन् १९४० को दशकको शाङ्घाईमा आधारित यस चलचित्रले एक ग्याङस्टार बन्न चाहने असफल युवा सिंह (स्टिफन चाउ)को कथा प्रस्तुत गरिएको छ, जसले अन्ततः आफैँभित्र लुकेको असाधारण कुङ फू शक्ति पत्ता लगाउँछ र कुङ फू मास्टरको रूपमा उदाउँछ ।

Stephen-chow

स्टिफन चाउसँगै (Stephen-chow), युन वाह (Yuen-Wah ), युन चिउ (Yuen-Qiu ), ड्यानी चान (Danny-Chan-Kwok-kwan), लियोङ सिउ–लुङ (Siu-Lung Leung) र हुआङ शेन्गयी (Huang-Shengyi) प्रमुख भूमिकामा देखिएका छन् । चलचित्रलाई स्टिफन चाउले निर्देशन, निर्माण, लेखन र अभिनय – चारै भूमिकामा तयार पारेका हुन् । फिल्मको कुङ फू भिडन्तको संयोजन प्रसिद्ध कोरियोग्राफर युन वू–पिङले गरेका हुन् ।

Yuen-Woo-ping(choreographer)

चीनमा २३ डिसेम्बर २००४ मा रिलिज भएको यो चलचित्र अप्रिल २००५ मा अमेरिकामा रिलिज भएको थियो । यसले विश्वभरबाट हालसम्म झण्डै १०४ मिलियन अमेरिकी डलरको व्यापार गरेको छ । अमेरिकामा यो सन् २००५ को सबैभन्दा बढी कमाउने विदेशी भाषाको चलचित्र बन्न सफल भएको थियो । यसले ६ वटा हङकङ फिल्म अवार्ड र ५ वटा गोल्डेन हर्स अवार्ड जितेको छ । चलचित्रको १०औं वार्षिकोत्सवको अवसरमा सन् २०१४ मा यसलाई थ्रीडी संस्करणमा पुनः रिलिज गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register