एथरको नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा

काठमाडौं । विद्युतीय स्कुटर एथरको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि एथर ब्राण्डको आधिकारिक आयातकर्ता तथा विक्रेता वैद्य इनर्जीले एथरको नयाँ मोडल शनिबार सार्वजनिक गरेको हो । कार्यक्रम गर्दै कम्पनीले ‘४५०एक्स’ र ‘४५०एस’ मोडेलका इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । ‘बाइक्स अफ स्कुटर’ उपनाम दिइएको एथर ४५० एक्स बहु–मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध […]

Mar 31, 2025 - 06:38
 0
एथरको नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा

काठमाडौं ।

विद्युतीय स्कुटर एथरको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि एथर ब्राण्डको आधिकारिक आयातकर्ता तथा विक्रेता वैद्य इनर्जीले एथरको नयाँ मोडल शनिबार सार्वजनिक गरेको हो । कार्यक्रम गर्दै कम्पनीले ‘४५०एक्स’ र ‘४५०एस’ मोडेलका इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

‘बाइक्स अफ स्कुटर’ उपनाम दिइएको एथर ४५० एक्स बहु–मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सुविधाले स्कुटरलाई थप सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउने कम्पनीको दाबी छ । “बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पांग्रालाई अगाडिको पांग्रासँग तालमेल मिलाउन मद्दत गर्छ । यसले स्कुटरलाई थप स्थिरता र नियन्त्रण प्रदान गर्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस सुविधाले सहरको ट्राफिकदेखि अफ–रोड यात्रासम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ । ट्याक्सन कन्ट्रोलका तीन मोडहरू उपलब्ध छन्– रेन मोड, रोड मोड र र्याली मोड । स्कुटरको दायरा सुधार गर्न यसमा नयाँ टायर प्रविधि प्रयोग गरिएको छ । एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टि–कम्पाउन्ड टायरहरू विकास गरेको छ । यसअनुसार ब्रेक लगाउँदा ऊर्जा क्षति कम गर्ने र ऊर्जा खपतलाई अनुकूल बनाउने कम्पनीले उल्लेख गरेको छ ।
एथरले नयाँ एथर स्ट्याक ६ सफ्टवेयर पनि ल्याएको छ ।

यसले गुगल म्याप्स इन्टीग्रेसन, अलेक्सा भ्वाइस असिस्टेन्ट सपोर्ट, ह्वाट्सएप नोटिफिकेसन ड्यासबोर्ड, ‘पिङ माइ स्कुटर’ सुविधा र लाइभ लोकेसन सेयरिङ जस्ता सुविधा प्रदान गर्छ । वैद्य इनर्जी प्रा.लि.का सीईओ सूर्यांश वैद्यले भने, “नेपालमा एथर स्कुटरहरू पछिल्ला डेढ वर्षदेखि ग्राहकले अत्यधिक रुचाएका छन् । अब, हामी २०२५ एथर ४५० लाई बहु–मोड ट्याक्सन कन्ट्रोलसहित प्रस्तुत गर्दैछौँ । यसले सुरक्षासँगै प्रदर्शन पनि बढाउनेछ । प्रिमियम मोटरसाइकलहरूमा मात्र पाइने यस्ता विशेषता अब हाम्रो स्मार्ट स्कुटरमा उपलब्ध छन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register