बोहोराको निधनमा तीन दिन शोक मनाउने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । राप्रपा केन्द्रीय पदाधिकारीको मङ्गलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी […]

Apr 1, 2025 - 15:33
 0
बोहोराको निधनमा तीन दिन शोक मनाउने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

राप्रपा केन्द्रीय पदाधिकारीको मङ्गलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

रुपन्देही क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराको उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register