अमर प्रेमकथामा आधारित चिनियाँ नाटक ‘मोचौ मोचौ’ (तस्वीरहरू)

काठमाडौं । नानजिङ नाट्य थिएटर र चीन नाट्य सङ्घको प्रस्तुति रहेको नाटक ‘मोचौ मोचौ’को मण्डला थिएटरमा मञ्चन गरिएको छ । तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन दिउँसो २:०० र साँझ ५:४५ बजे सो नाटक मञ्चन गरिएको हो । चिनियाँ मिङ वंशकालका युवाराज सु चेङ्ग् र दरबारकी दासी मोचौबीचको प्रेमकथामा यो नाटक बनेको छ । मोचौको […]

Mar 20, 2025 - 12:09
 0
अमर प्रेमकथामा आधारित चिनियाँ नाटक ‘मोचौ मोचौ’ (तस्वीरहरू)

काठमाडौं । नानजिङ नाट्य थिएटर र चीन नाट्य सङ्घको प्रस्तुति रहेको नाटक ‘मोचौ मोचौ’को मण्डला थिएटरमा मञ्चन गरिएको छ ।

तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन दिउँसो २:०० र साँझ ५:४५ बजे सो नाटक मञ्चन गरिएको हो ।

चिनियाँ मिङ वंशकालका युवाराज सु चेङ्ग् र दरबारकी दासी मोचौबीचको प्रेमकथामा यो नाटक बनेको छ । मोचौको सौन्दर्य र बुद्धिमत्ताले मोहित बनेका युवराज सु चेङ्ग र मोचौ बिचको प्रेममा आएका उतारचढावलाई नाटकमा सटिक ढङ्गले प्रस्तुत गरिएको छ ।

मोचौको बुबालाई भ्रष्ट मन्त्रीले मृत्युदण्ड दिएर उनलाई दास बनाएको कुरा थाहा पाएपछि युवराज सु चेङ्गले आफ्नी हजुरआमाले तय गरेको प्रधानमन्त्रीकी छोरी काई युन सँगको विवाह अस्वीकार गर्दै मोचौलाई लिएर दरबार छाड्छन् ।

दासत्वबाट उम्कन खोजेकी मोचौ निराश भएर नदीमा हाम फाल्छिन् र सु चेङ्गले पनि आत्महत्या गर्छन् । उनीहरू मृत्युपश्चात दुईवटा कमलका फूलमा परिणत हुन्छन्, जसले उनीहरूको प्रेमलाई अमर बनाउँछ ।

लि जुनको परिकल्पना तथा निर्देशनमा बनेको यो नाटकमा ली नान्यी, जिन सिन, याङ लु, वाङ पेङयु, स्या यिङ, झाङ चिउयुए लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तस्वीर – 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register