भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ८:४५ बजेतिर उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गङ्गानानीमा पाइलटसहित सात जना सवार हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीटीआईले जनाएको छ । राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)बाट प्राप्त जानकारीअनुसार एरोट्रान्स सर्भिसेज प्राइभेट लिमिटेडको हेलिकोप्टर […]

May 8, 2025 - 07:27
 0
भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना भएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ८:४५ बजेतिर उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गङ्गानानीमा पाइलटसहित सात जना सवार हेलिकोप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीटीआईले जनाएको छ ।

राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)बाट प्राप्त जानकारीअनुसार एरोट्रान्स सर्भिसेज प्राइभेट लिमिटेडको हेलिकोप्टर दुर्घटनाग्रस्त भएर लगभग २००-२५० मिटर गहिरो खोंचमा खसेको थियो ।

एसडीआरएफले हेलिकोप्टर देहरादुनको सहस्त्रधारा हेलिप्याडबाट यमुनोत्रीको खरसाली हेलिप्याडका लागि उडेको बताएको छ ।

क्याप्टेन रोबिन सिंहले हेलिकोप्टर उडाइरहेका थिए । हेलिकोप्टरमा चार जना मुम्बईका थिए भने अन्य दुई जना आन्ध्र प्रदेश राज्यका थिए ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् ।

घाइतेहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउन र दुर्घटनाको अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिइएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register