सिनेटले क्यानाडामाथि लगाइएको शुल्कको विरोध गर्दै मतदान

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गर्दै सिनेट समूहले क्यानाडालाई लगाएको शुल्कको विरोधमा मतदान गरेका छन् । सिनेटर टिम केनको प्रस्तावलाई समर्थन गर्दै सिनेटले ५१-४८ को मतले उनलाई समर्थन गरेका छन् । यो राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ह्वाइट हाउस नीतिको सबैभन्दा उल्लेखनीय द्विदलीय अस्वीकृति हो । ट्रम्पले छोटो समयमा संयुक्त राज्य अमेरिका र क्यानाडाबीचको […]

Apr 3, 2025 - 03:08
 0
सिनेटले क्यानाडामाथि लगाइएको शुल्कको विरोध गर्दै  मतदान

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गर्दै सिनेट समूहले क्यानाडालाई लगाएको शुल्कको विरोधमा मतदान गरेका छन् ।

सिनेटर टिम केनको प्रस्तावलाई समर्थन गर्दै सिनेटले ५१-४८ को मतले उनलाई समर्थन गरेका छन् । यो राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ह्वाइट हाउस नीतिको सबैभन्दा उल्लेखनीय द्विदलीय अस्वीकृति हो ।

ट्रम्पले छोटो समयमा संयुक्त राज्य अमेरिका र क्यानाडाबीचको सम्बन्धलाई गम्भीर क्षति पुर्‍याएको भन्दै यसलाई ध्यानमा राख्दै भर्जिनियाका डेमोक्रेट सिनेटर टिम केनले एक विशेष प्रस्ताव अघि सारेका थिए ।

जसले राष्ट्रपति ट्रम्पको फेब्रुअरी १ को आपतकालीन घोषणालाई अन्त्य गर्ने थियो। ह्वाइट हाउसले यही घोषणाको आधारमा क्यानाडामाथि शुल्क लगाएको थियो। यदि यो प्रस्ताव पारित भयो भने क्यानडाले अमेरिकी उत्पादनहरूमा लगाएको प्रतिशोधात्मक शुल्क हटाउने आवश्यक पर्दैन।

सिनेटर केन, जसको प्रस्ताव मिनेसोटाकी सिनेटर एमी क्लोबुचार र भर्जिनियाका मार्क वार्नरले समर्थन गरेका थिए ।

सिनेटले ५१(४८ को मतले प्रस्ताव पारित गर्‍यो, जसमा अलास्काकी लिसा मुर्कोवस्की, केन्टकीका मिच मक्कोनेल र र्यान्ड पल, तथा मेनकी सुजिन कोलिन्स गरी चार जना रिपब्लिकनहरू डेमोक्रेटहरूको पक्षमा उभिए।

एमएसएनबिसीका अनुसर व्यावहारिक रूपमा, यो प्रस्ताव पारित भए पनि तत्काल शुल्क नीति परिवर्तन हुने छैन। अब यो प्रस्ताव रिपब्लिकनको बहुमत रहेको प्रतिनिधि सभामा जाने छ जहाँ यसलाई सम्भवतः अस्विकार गरिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register