केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आङ्शिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आङ्शिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई क्षेत्रमा हल्का हिमपात र वर्षा […]

Apr 3, 2025 - 02:56
 0
केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आङ्शिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आङ्शिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई क्षेत्रमा हल्का हिमपात र वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आङ्शिक बदली रही बाँकी भूभागमा आङ्सिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आङ्शिक बदली रही बाँकी भूभागमा आङ्शिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register