४ मेगावाट क्षमताको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्दै घाम पावर

काठमाडौं । घाम पावरले आफ्ना साझेदारहरू प्राक्टिकल एक्शन र स्वानबार्टनसँग मिलेर नेपालमा हालसम्मकै ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ । यो परियोजनाअन्तर्गत ४ मेगावाट क्षमता भएको ब्याट्री भण्डारण प्रणाली स्थापना गरिनेछ, जसले उद्योग तथा व्यवसायहरूलाई डिजेल खपत घटाउन मद्दत कम्पनीले जनाएको छ । साथै, स्मार्ट ग्रिड विकासमार्फत कार्बन उत्सर्जन न्यूनीकरणको सहयोग पुग्ने बताइएको […]

Apr 3, 2025 - 11:36
 0
४ मेगावाट क्षमताको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्दै घाम पावर

काठमाडौं । घाम पावरले आफ्ना साझेदारहरू प्राक्टिकल एक्शन र स्वानबार्टनसँग मिलेर नेपालमा हालसम्मकै ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ ।

यो परियोजनाअन्तर्गत ४ मेगावाट क्षमता भएको ब्याट्री भण्डारण प्रणाली स्थापना गरिनेछ, जसले उद्योग तथा व्यवसायहरूलाई डिजेल खपत घटाउन मद्दत कम्पनीले जनाएको छ । साथै, स्मार्ट ग्रिड विकासमार्फत कार्बन उत्सर्जन न्यूनीकरणको सहयोग पुग्ने बताइएको छ ।

यस परियोजनाको उद्घाटन UNIDO का महानिर्देशक गर्ड मुलरले गरेका हुन् । उक्त अवसरमा पाँच विभिन्न देशका राजदूतहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली राजदूत भरतकुमार रेग्मी, घाम पावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जल निरौला तथा स्वानबार्टन र प्राक्टिकल एक्शनका टोली सदस्यको सहभागिता थियो ।

उद्योग क्षेत्रमा ऊर्जा उपयोगलाई रूपान्तरण गर्ने उद्देश्यसहित यो परियोजनाले प्रदूषणकारी डिजेल जेनरेटरको सट्टा सौर्य ऊर्जाबाट सञ्चालित ठूलो ब्याट्री भण्डारण प्रणाली ल्याउनेछ । महङ्गो र हानिकारक इन्धन प्रयोगको अन्त्य गर्दै यो परियोजनाले आगामी २५ वर्षभित्र २,८०० टन कार्बन उत्सर्जन घटाउने र १,००० किलोलिटर डिजेल प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ऊर्जा व्यवस्थापन प्रणालीले ऊर्जा लागत घटाउने, विश्वसनीयता बढाउने तथा उद्योगहरूमा दिगो ऊर्जा प्रयोगलाई प्रवर्द्धन गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register