बेपत्ता भएको आठौं दिनमा महिलाको शव गाडेको अवस्थामा भेटियो, हत्या आशङ्का

वीरगञ्ज । रौतहटमा बेपत्ता भएको आठौं दिनमा ५० वर्षीया महिलाको शव गाडेको अवस्थामा भेटिएको छ। वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ। शव वृन्दावन नगरपालिका वडा नम्बर १ की फूलमतिया देवीको रहेको प्रहरीले जनाएको छ। उनी चैत १४ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएको आठौं […]

Apr 3, 2025 - 14:00
 0
बेपत्ता भएको आठौं दिनमा महिलाको शव गाडेको अवस्थामा भेटियो, हत्या आशङ्का

वीरगञ्ज । रौतहटमा बेपत्ता भएको आठौं दिनमा ५० वर्षीया महिलाको शव गाडेको अवस्थामा भेटिएको छ। वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ।

शव वृन्दावन नगरपालिका वडा नम्बर १ की फूलमतिया देवीको रहेको प्रहरीले जनाएको छ। उनी चैत १४ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएको आठौं दिनमा उनको शव फेला परेको हो।

नगरपालिकाको विश्रामपुरस्थित जंगलमा गाडेको अवस्थामा शव फेला परेको गरुडा प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिए।

प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा शव जंगलमा गाडेको अवस्थामा फेला परेको डीएसपी  कार्कीले बताए। उनको हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाकाबारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register