दुर्गा प्रसाईं झापाको काँकरभिट्टा हुँदै भारत छिरेको पुष्टि, बीएण्डसीमा भेटियो गाडी

झापा, २२ चैत । काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ। प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंले सञ्चालन गरेको झापाको बीएण्डसी कलेजमा फेला पारेको छ। बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ। काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न [...] The post दुर्गा प्रसाईं झापाको काँकरभिट्टा हुँदै भारत छिरेको पुष्टि, बीएण्डसीमा भेटियो गाडी appeared first on Jhapa Online.

Apr 4, 2025 - 03:07
 0
दुर्गा प्रसाईं झापाको काँकरभिट्टा हुँदै भारत छिरेको पुष्टि, बीएण्डसीमा भेटियो गाडी

झापा, २२ चैत । काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ। प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंले सञ्चालन गरेको झापाको बीएण्डसी कलेजमा फेला पारेको छ।

बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ। काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए। उनको कमान्डमा उत्रिएका राजावादी समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए।

सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग हुँदै काँकरभिट्टा नाकासम्म पुगेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। बीएण्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याइसकेको छ। प्रसाईं आफ्ना केही सहयोगीसहित भारतमै रहेको पनि स्रोतले पुष्टि गरेको छ। काठमाडौँबाट काँकरभिट्टासम्म जाँदा प्रसाईं चालकभन्दा पछाडिको सिटमा बसेर गएका थिए । काँकरभिट्टाबाट आफ्नो गाडी बीएण्डसीमा फर्काएर उनी अर्को गाडीमा भारत गएको पुष्टि भएको छ।

प्रसाईंको खोजी गर्दै यसअघि दुईजना प्रहरी झापास्थित प्रसाईंको घरमा पनि पुगेका थिए। प्रसाईं बीपी राजमार्ग हुँदै भारततर्फ लाग्नु पहिले इमाडोलस्थित खतिवडाको घरमा पुगेका थिए। त्यहाँ फलफूल र चिया खाएपछि प्रसाईंले धवल शमशेरलाई अन्तिम कल गरेर मोबाइल बन्द गरेका थिए। प्रसाईं भागेपछि तीनकुनेका प्रदर्शनकारीको नेतृत्व राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेरले गरेका थिए।

उनीहरूले पनि पछाडि नहट्न भन्दै हिंसात्मक घटनामा अग्रसर हुन प्रदर्शनकारीलाई उक्साएको भिडिओ सार्वजनिक भएका छन्। प्रहरीले चैत १५ गतेको घटनालगत्तै दुवैजनालाई पक्राउ गरिसकेको छ। अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

यो घटनामा पक्राउ पर्नेको संख्या ६६ पुगिसकेको छ। अरु केहीलाई पनि पक्राउ गरेको प्रहरीले म्याद थप गर्न बाँकी रहेको जनाएको छ। उनीहरूलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ। यीमध्ये मिश्र र राणासहित २१ जनालाई भने राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अगाडि बढाइएको हो। प्रसाईंका सहयोगीहरू पनि पक्राउ परेको नेपाल खबरमा उजिर कार्कीले लेखेका छन् ।

The post दुर्गा प्रसाईं झापाको काँकरभिट्टा हुँदै भारत छिरेको पुष्टि, बीएण्डसीमा भेटियो गाडी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register