प्रदूषण बढाउने गतिविधि नगर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले केही दिनयता काठमाडौँ उपत्यका लगायत देशैभर वायु प्रदूषण बढ्ने क्रममा रहेको बताउँदै जोखिम न्यूनीकरणमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाले शुक्रवार सर्वसाधारणका लागि ९ बुँदे अपिल जारी गर्दै प्रदूषण कम गर्ने उपाए अपनाउन भनेको हो। महानगरपालिकाले नियमित रूपमा आफ्ना सवारी साधन मर्मत गर्न, खुल्ला रूपमा आगो बाल्ने कार्य नगर्न, प्लास्टिकजन्य […]

Apr 4, 2025 - 12:31
 0
प्रदूषण बढाउने गतिविधि नगर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाले केही दिनयता काठमाडौँ उपत्यका लगायत देशैभर वायु प्रदूषण बढ्ने क्रममा रहेको बताउँदै जोखिम न्यूनीकरणमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाले शुक्रवार सर्वसाधारणका लागि ९ बुँदे अपिल जारी गर्दै प्रदूषण कम गर्ने उपाए अपनाउन भनेको हो।

महानगरपालिकाले नियमित रूपमा आफ्ना सवारी साधन मर्मत गर्न, खुल्ला रूपमा आगो बाल्ने कार्य नगर्न, प्लास्टिकजन्य सामाग्री नजलाउन, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्न, व्यक्तिगत सुरक्षाका लागि मास्क प्रयोग गर्न अपिलमा आग्रह गरेको छ ।

महानगरपालिकाले प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर काम गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register