भारत-पाकिस्तानबीचको बढ्दो तनावप्रति नेसपाको चासो, आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र पाकिस्तानबीचबो बढ्दो तनावप्रति  गम्भीर चासो व्यक्त गरेको छ । नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले बिहीबार एक विज्ञप्तिमा जारी गर्दै जुनसुकै प्रकृतिको आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता जनाउने जानकारी दिएका हुन् । गत मङ्गलबार (२२ अप्रिल) मा पहलगाममा भएको आतङ्कवादी हमलामा […]

May 8, 2025 - 15:18
 0
भारत-पाकिस्तानबीचको बढ्दो तनावप्रति नेसपाको चासो, आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र पाकिस्तानबीचबो बढ्दो तनावप्रति  गम्भीर चासो व्यक्त गरेको छ ।

नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले बिहीबार एक विज्ञप्तिमा जारी गर्दै जुनसुकै प्रकृतिको आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता जनाउने जानकारी दिएका हुन् ।

गत मङ्गलबार (२२ अप्रिल) मा पहलगाममा भएको आतङ्कवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपाने सहित दुई दर्जनभन्दा बढी निर्दोष पर्यटकहरूको ज्यान गएको थियो ।

‘भारत र पाकिस्तानबिच बढ्दो तनाव गम्भीर चासोको विषय हो र यसले दक्षिण एसियाको दीर्घकालीन शान्तिमा खतरा उत्पन्न गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा दुवै मित्र राष्ट्रहरू तथा सार्क सदस्यहरू भारत र पाकिस्तान—लाई अधिकतम संयम अपनाउन र आपसी समस्यालाई सैन्य बलबाट नभई कूटनीतिक प्रयास तथा शान्तिपूर्ण माध्यमद्वारा समाधान खोज्न विशेष अपिल गर्दछौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register