दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन (तस्वीरहरू)

एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि कोरियाली जनताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएलगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन् । सरकार विरोधी प्रदर्शनकारीहरूले यो नतिजालाई सार्वजनिक विश्वास पुनर्स्थापति गर्ने दिशामा एक कदमको […]

Apr 5, 2025 - 07:32
 0
दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन (तस्वीरहरू)

एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि कोरियाली जनताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएलगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन् ।

सरकार विरोधी प्रदर्शनकारीहरूले यो नतिजालाई सार्वजनिक विश्वास पुनर्स्थापति गर्ने दिशामा एक कदमको रूपमा हेरेका छन् ।  त्यस्तै युनका समर्थकहरूले यसलाई लोकतान्त्रिक सिद्धान्तहरूमाथि प्रहारको रूपमा हेरेका छन् ।

राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए ।

शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन् । अब ६० दिन भित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ ।

 

 

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register