रवि लामिछाने कारागार चलान

काठमाडौँ, २५ चैत । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को [...] The post रवि लामिछाने कारागार चलान appeared first on Jhapa Online.

Apr 7, 2025 - 09:44
 0
रवि लामिछाने कारागार चलान

काठमाडौँ, २५ चैत । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ।

उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म सोही कारगारमा रहने छन्।

बुटवलको सुप्रिम सहकारी ठगीमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश गरेको थियो। आदेश प्राप्त भएलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई काठमाडौँको बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो।

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।

The post रवि लामिछाने कारागार चलान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register