सरकारले संस्थागत विद्यालयमा पनि नर्सको व्यवस्था गर्छ : प्रदेश स्वास्थ्यमन्त्री  थापा

भक्तपुर । बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका संस्थागत विद्यालयमा पनि नर्सको व्यवस्था गरिने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुरले  आज आयोजना गरेको केन्द्रिय समितिमा निर्वाचितहरुको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले सरकारी विद्यालयमा कार्यरत नर्सहरुलाई सातामा दुई दिन नजिकका संस्थागत विद्यालयमा सेवा प्रदान गर्ने व्यवस्था गर्न लागिएको बताए । सरकारी […]

Apr 7, 2025 - 16:39
 0
सरकारले संस्थागत विद्यालयमा पनि नर्सको व्यवस्था गर्छ : प्रदेश स्वास्थ्यमन्त्री  थापा

भक्तपुर ।

बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका संस्थागत विद्यालयमा पनि नर्सको व्यवस्था गरिने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुरले  आज आयोजना गरेको केन्द्रिय समितिमा निर्वाचितहरुको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले सरकारी विद्यालयमा कार्यरत नर्सहरुलाई सातामा दुई दिन नजिकका संस्थागत विद्यालयमा सेवा प्रदान गर्ने व्यवस्था गर्न लागिएको बताए ।

सरकारी विद्यालयले सबै सुविधा पाए पनि निजी विद्यालयको जस्तो राम्रो शिक्षा प्रदान गर्न नसकेको बताउँदै उनले शैक्षिक क्षेत्रमा निजी विद्यालयले प्रभावकारी योगदान दिएको बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्याब्सन र यस अन्तरगतका विद्यालयले अलग ब्राण्ड स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिंदै निजी विद्यालयको भूमिका र भबिष्यका लागि केन्द्रीय समितिले विभिन्न दलका प्रमुखहरुसँग संवाद गरिरहेको बताए ।

कार्यक्रममा प्याब्सनका बरिष्ठ उपाध्यक्ष दिपीका रिमाल थापा,महासचिब आरबी कटुवाल, प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपाल लगायतले शैक्षिक क्षेत्रमा नीजि विद्यालयले पुर्याएको  योगदानको चर्चा गरे ।

नयाँ वर्ष २०८२ तथा बिस्का जात्राको अवसर पारेर पलासेँस्थित काठमाडौं फन भ्यालीमा आयोजित शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रममा केन्द्रका पदाधिकारी र सदस्य,बागमती प्रदेश कार्यसमिति र विभिन्न जिल्ला  अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register