समयमा पैसा नदिने ब्रोकर नम्बर ४४ विरुद्ध सेयर लगानीकर्ता कानुनी उपचारमा

काठमाडौँ । समयमा पैसा फिर्ता नगरेको भन्दै ब्रोकर नम्बर ४४ अर्थात डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रालिविरुद्ध उजुरी परेको छ । सेयर लगानीकर्ता रश्मी केसीले ब्रोकरविरुद्ध धितोपत्र बोर्ड, नेप्से, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अर्थ समिति, नेपाल प्रहरी र जिल्ला सरकार वकिल कार्यालयमा उजुरी दिएकी हुन् ।  यसो त प्रचलित कानूनी […]

Jun 17, 2025 - 12:25
 0
समयमा पैसा नदिने ब्रोकर नम्बर ४४ विरुद्ध सेयर लगानीकर्ता कानुनी उपचारमा

काठमाडौँ । समयमा पैसा फिर्ता नगरेको भन्दै ब्रोकर नम्बर ४४ अर्थात डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रालिविरुद्ध उजुरी परेको छ । सेयर लगानीकर्ता रश्मी केसीले ब्रोकरविरुद्ध धितोपत्र बोर्ड, नेप्से, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अर्थ समिति, नेपाल प्रहरी र जिल्ला सरकार वकिल कार्यालयमा उजुरी दिएकी हुन् । 

यसो त प्रचलित कानूनी व्यवस्था अनुसार सेयर बिक्री गरेको तीन कार्य दिनमा सेयर बिक्री गरेको पैसा बिक्रेताको खातामा अनिवार्य जम्मा गरिसक्नुपर्छ । 

तर, आफूले २०८२ जेठ २६ र २७ गते सेयर बिक्री गरे पनि सो बापतको रकम हालसम्म पनि भुक्तानी नभएको भन्दै ब्रोकर नम्बर ४४ विरुद्ध कानूनी उपचारको बाटो रोजेको लगानीकर्ता केसीले बताइन् । 

उनले नियमानुसार जेठ २६ गते भएको कारोबारको भुक्तानी जेठ २९ गते र जेठ २७ गते भएको कारोबारको भुक्तानी जेठ ३० गते भइसक्नुपर्नेमा अझै बैंक खातामा जम्मा नभएको उजुरीमा उल्लेख गरेकी छिन् । केसीका अनुसार उक्त ब्रोकरले हालै सेयर कारोबारमा नयाँ सफ्टवेयर सञ्चालन ल्याएको छ । नयाँ सफ्टवेयर अत्याधुनिक र स्वचालित हुनुपर्ने भए पनि भुक्तानी माग्न दोहोरो संवाद गर्ने सुविधा समेत नभएको केसीको भनाई छ । 

त्यस्तै, उनले उक्त ब्रोकरमा आफूले कुनै लिमिट समेत नचलाएको दाबी गर्दै ब्रोकर नम्बर ४४ लगायत सबै ब्रोकरले प्रचलित कानूनको उल्लंघन गरे/नगरेको पत्ता लगाई दोषीलाई कारबाही गर्न र बाँकी रहेको आफ्नो भुक्तानी फिर्ता गराइदिन पनि माग गरेकी छिन् । यस्तो छ उजुरी:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register