बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा शक्ति प्रदर्शन गरिरहेको छ । जनप्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ । सो प्रदर्शनलाई लिएर सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौँ सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । राप्रपाले गर्ने प्रदर्शन र आमसभाको सुरसार नहुँदै मङ्गलबार बिहानैदेखि सुरक्षा […]

Apr 8, 2025 - 08:15
 0
बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा शक्ति प्रदर्शन गरिरहेको छ । जनप्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ ।

सो प्रदर्शनलाई लिएर सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ ।

नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौँ सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

राप्रपाले गर्ने प्रदर्शन र आमसभाको सुरसार नहुँदै मङ्गलबार बिहानैदेखि सुरक्षा परिचालन गरिएको हो ।

बल्खुको हालसम्म स्थिति सामान्य रहेको छ ।

राप्रपाको आन्दोलनलाई जगमान गुरुङले अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ ।

साथै दुर्गा प्रसाईंका कार्यकर्ता पनि सहभागी हुने सम्भावनालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीकाे भनाइ छ ।

प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाले स्थान परिवर्तन गरेर बल्खुमा प्रदर्शन गरिरहेको हो ।

राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।

काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register