शिक्षकहरूको खाजा चटपटे (तस्वीरहरू)

काठमाडौं । शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीको माग गर्दै करिब एक सातादेखि आन्दोलनरत शिक्षकहरू बानेश्वरदेखि माइतिघरसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । काठमाडौँकेन्द्रित आन्दोलन थालेका मुलुकभरका शिक्षकले सोमबारबाट आम शैक्षिक हडताल समेत घोषणा गरेका छन् । सरकारले वार्ताबाट शिक्षकका माग र समस्या समाधान गर्न अपिल गर्दै आएको छ भने शिक्षकहरूले शिक्षा ऐन जारी भए मात्र आन्दोलन […]

Apr 8, 2025 - 13:00
 0
शिक्षकहरूको खाजा चटपटे (तस्वीरहरू)

काठमाडौं । शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीको माग गर्दै करिब एक सातादेखि आन्दोलनरत शिक्षकहरू बानेश्वरदेखि माइतिघरसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

काठमाडौँकेन्द्रित आन्दोलन थालेका मुलुकभरका शिक्षकले सोमबारबाट आम शैक्षिक हडताल समेत घोषणा गरेका छन् । सरकारले वार्ताबाट शिक्षकका माग र समस्या समाधान गर्न अपिल गर्दै आएको छ भने शिक्षकहरूले शिक्षा ऐन जारी भए मात्र आन्दोलन रोकिने जवाफ दिँदै आएका छन् । शैक्षिक हडतालका कारण विद्यालय शिक्षा प्रभावित भइरहेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै फेरि वार्तामा आउन अनुरोध गरेको छ ।

बरु शिक्षकहरू माग पूरा नभएसम्म विद्यालयमा नफर्किने अडानमा कायम छन् । उनीहरू काठमाडौंका सडकमा चनाचटपट खाएर आन्दोलनमा लागिरहेका देखिन्छन् ।

उनीहरूको आन्दोलनका कारण सडकमा नाङ्लो राखेर व्यापार गर्नेका लागि भने सहज भएको छ ।

तस्वीरहरू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register