२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्ने

काठमाडौँ, ३ फागुनः .२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्नेछ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमा तिथिका दिन तदनुसार सेप्टेम्बर ७ र ८ तारिख खग्रास चन्द्रग्रहण लाग्नेछ। २२ गते आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन, रात्रि [...] The post २०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्ने appeared first on Jhapa Online.

Feb 15, 2025 - 07:16
 0
२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्ने

काठमाडौँ, ३ फागुनः .२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्नेछ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमा तिथिका दिन तदनुसार सेप्टेम्बर ७ र ८ तारिख खग्रास चन्द्रग्रहण लाग्नेछ।

२२ गते आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन, रात्रि १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । यो चन्द्रग्रहण नेपाल भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ ।

कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।

यो चन्द्रग्रहणले विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिनेछ । मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीपाप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ । यस आधारमा यो चन्द्रग्रहण मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्नु हुन्छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएको र कुम्भ राशि भएका मानिसहरूका लागी यो ग्रहणले अति कष्ट दिनेछ ।

पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यस बेला सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठुलो भएकाले छायाले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने गर्दछ ।

त्यस्तै २०८२ फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमा तिथि तदनुसार ३ मार्च २०२६ का दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र रात्रि ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ । १९ गते मंगलबार बिहान ९ बजेर ३ मिनेटबाट बाल, वृद्ध, रोगी र आतुरलाई बाहेक शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।

यो ग्रहणले मेष राशि भएकालाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीपाप्ती, कर्कटलाई क्षति, सिंहलाई घात, कन्यालाई व्यय, तुलालाई लाभ, वृश्चिकलाई सुख, धनुलाई माननाश, मकरलाई कष्ट, कुम्भलाई स्त्रीपीडा र मीनलाई सुख मिल्नेछ । यस आधारमा यो चन्द्रग्रहण मिथुन, तुला, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुन्छ । अन्य राशि भएकाहरूले हेर्नु हुँदैन । पूर्वाफाल्गुनी नक्षत्रमा जन्म भएका र सिंह राशि भएका मानिसहरूका लागी यो ग्रहण कष्टकारक हुनेछ ।

ग्रहण लागेको बेला के गर्नु हुन्छ । के गर्नु हुँदैन ।

ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसै गरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ । धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ–

निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् ।

पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।।

अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति ।

वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।।

अर्थात् सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ ।

The post २०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register