कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी–२० आई श्रृङ्खलाको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । बुधबार बिहान नेपालविरुद्ध टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो । कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाए । नेपालका सोमपाल कामी, […]

काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी–२० आई श्रृङ्खलाको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।
बुधबार बिहान नेपालविरुद्ध टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।
कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाए ।
नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए । नन्दनले टी–२०आईमा नेपालका लागि पहिलो खेल खेलिरहेका हुन् ।
चारदेशीय श्रृङ्खलामा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । श्रृङ्खलामा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
What's Your Reaction?






