कुवेतविरुद्ध आसिफले पनि बनाए अर्धशतक

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा अर्का नेपाली ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतक बनाएका छन् । बिहीबार बिहान जारी खेलमा आसिफ ३८ बलमा ५३ रन बनाएर आउट भए । यसअघि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले उनले २६ बलमा चार छक्का र पाँच चौकासहित ५१ रन बनाएर अर्धशतक पूरा […]

Apr 10, 2025 - 05:09
 0
कुवेतविरुद्ध आसिफले पनि बनाए अर्धशतक

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा अर्का नेपाली ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतक बनाएका छन् ।

बिहीबार बिहान जारी खेलमा आसिफ ३८ बलमा ५३ रन बनाएर आउट भए ।

यसअघि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले उनले २६ बलमा चार छक्का र पाँच चौकासहित ५१ रन बनाएर अर्धशतक पूरा गरे । पछि उनी ५० बलमा ८१ रन बनाएर आउट भए ।

नेपाली टोली कुवेतले दिएको १८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले तीन र नन्दन यादवले दुई विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।

कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register