सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन सक्दैन

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने बताएका छन् ।कांग्रेस काठमाडौं क्षेत्र–४ (ख) को बिहीबार दोस्रो प्रदेश सम्मेलन तथा नयाँवर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता बानियाँले प्रजातान्त्रिक राजा बनाउँछु भन्दै हाल राप्रपाले बोकेर हिँडेको नेपाली जनताले नपत्याउने बताउँदै गणतन्त्रमा नागरिक भइसकेका राजा अब मालिक हुनका लागि केही थान […]

Apr 10, 2025 - 12:11
 0
सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन सक्दैन
हेटौंडा।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने बताएका छन् ।
कांग्रेस काठमाडौं क्षेत्र–४ (ख) को बिहीबार दोस्रो प्रदेश सम्मेलन तथा नयाँवर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता बानियाँले प्रजातान्त्रिक राजा बनाउँछु भन्दै हाल राप्रपाले बोकेर हिँडेको नेपाली जनताले नपत्याउने बताउँदै गणतन्त्रमा नागरिक भइसकेका राजा अब मालिक हुनका लागि केही थान उच्छृंखल तत्व बोकेर सडक आन्दोलन गर्न लगाएको दाबी गरे ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले धर्मका नाममा बिभिन्न बखेडा खडा गर्नेको माग सम्बोधनका लागि संविधानमा धर्मनिरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता लेख्दा कुनै फरक नपर्ने बताउँदै कसैले पनि धर्म र जातका नाममा राजनीति गर्न नहुने बताए । हिजो राजाका नाममा ठगी खानेहरुले व्यक्तिको नाममा राजनीति गर्न खोजेको भन्दै सिद्धान्त, दर्शन र विचारका नाममा राजनीति गर्न हालको संविधानले कसैलाई पनि नरोकेको बताए ।

सम्मेलन तथा शुभकामना आदानप्रदान कार्यक्रम कांग्रेस काठमाडौं क्षेत्र–४ (ख) का सभापति रामप्रसाद लुर्इंटेलको सभाध्यक्षतामा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register