२०८१ बैशाख पहिलो साता काठमाडौंमा  भारतीय सितार बादकको  एकल सोालो प्रस्तुती हुने ।

Nov 24, 2023 - 14:49
Nov 25, 2023 - 02:12
 0
२०८१  बैशाख पहिलो साता काठमाडौंमा  भारतीय सितार बादकको  एकल सोालो प्रस्तुती हुने ।


मंसिर ८, काठमाडौं । नेपाली नँया वर्ष २०८१  को उपलक्षमा बैशाख पहिलो साता भारतको बनारस हिन्दु विश्वविद्यालयका सुर बादन विभागका प्रमुख पुर्व डीन प्रो. डा.राजेश शाहको एकल सितार बादनको सोलो प्रस्तुती हुने भएको छ । 


सोहि विषयमा आज सिहंदरवारको संघीय संसद सचिवालयको सम्माननीय सभामुखको कार्यकक्षमा अच्युतराम संगीत प्रतिष्ठानका संरक्षक पं अच्युतराम भण्डारीले सम्माननीय सभामुख देवराज घिमिरेसंग भेतवार्ता गर्नु भएको छ । सो भेटमा प्रतिष्ठानका संरक्षक भण्डारीले सभामुखलाई सो कार्यक्रम तथा प्रतिष्ठानको हरेक नेपाली महिनाको १५ गते हुने शास्त्रीय संगीतको कार्यक्रम र अन्य गतिविधिबारे छोटो जानकारी गराउनु भएको थियो । साथै भण्डारीले आफु रचित शास्त्रीय पुस्तक "अमरत्व साधना "  सभामुखलाई शास्त्रीय संगीतको अध्ययनको लागि प्रदान गर्न भएको थियो ।
सो भेटघाटमा प्रतिष्ठानका संरक्षक अच्युतराम भण्डारीले आगामी नँया वर्षमा हुने भारतीय कलाकारको सितार बादनको एकल सोलो बादन प्रस्तुतीमा प्रमुख आतिथ्यताका लागि अनुरोध गर्नु भयो भने सभामुखले समय अनुकुल भए आफु सो कार्यक्रममा सहभागी हुने बताउनु भयो ।
गत २०८० साल कार्तिक १० गते अच्युतराम भण्डारी संगीत प्रतिष्ठानका संरक्षक पं अच्युतराम भण्डारीको नेतृत्वमा काठमाडौंबाट ६ जना प्रतिनिधि मण्डलले बनारस हिन्दु विश्वविद्यालयमा भ्रमण गरि सुर बादन विभागका प्रमुख प्रो. डा.राजेश शाहसंग भेटवार्ता गरि काठमाडौंमा उहाँको एकल सितार बादनको प्रस्तुती राख्ने बारे छलफल गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register