बेलायती प्रतिबन्धविरुद्ध हमासको अपिल

लण्डन- बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको जनाएको छ । प्रतिबन्धले बेलायतको मानव अधिकार प्रतिबद्धताको उल्लङ्घन गरेको तर्कसहित लडाकूहरूले ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकता र मुक्तिका लागि प्यालेस्टिनी जनताको सङ्घर्षको वैधता’ मा जोड दिएको अपिलमा जनाइएको छ । बेलायतले सन् २००१ मा हमासलाई ‘आतङ्कवादी समूह’ […]

Apr 10, 2025 - 14:50
 0
बेलायती प्रतिबन्धविरुद्ध हमासको अपिल

लण्डन- बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको जनाएको छ ।

प्रतिबन्धले बेलायतको मानव अधिकार प्रतिबद्धताको उल्लङ्घन गरेको तर्कसहित लडाकूहरूले ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकता र मुक्तिका लागि प्यालेस्टिनी जनताको सङ्घर्षको वैधता’ मा जोड दिएको अपिलमा जनाइएको छ ।

बेलायतले सन् २००१ मा हमासलाई ‘आतङ्कवादी समूह’ घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले हमासलार्य आतङ्कवादी समूह मान्दछन् । सरकारी वेबसाइटका अनुसार सन् २०२१ मा हमासको राजनीतिक दलमाथिपनि प्रतिबन्धलाई विस्तार गरी उक्त समूहलाई ‘जटिल तर एकल आतङ्कवादी सङ्गठन’ मानिएको थियो ।

बेलायतमा प्रतिबन्धित संस्थाप्रति सम्बद्ध हुनु, प्रोत्साहन दिनु र समर्थन जनाउनु लगायत अन्य कार्यहरू फौजदारी अपराध हुन् । बेलायती गृह मन्त्रालयले भने यस विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ । लण्डनस्थित ‘रिभरवे ल’ नामक कम्पनीले बुधबार बेलायतको गृह मन्त्रालयलाई बुझाएको जानकारी दिएको हो ।

‘सशस्त्र सङ्घर्षलगायत सबै उपलब्ध माध्यमद्वारा विदेशी कब्जाको प्रतिरोध गर्ने वैध र नैतिक अधिकार स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानूनमा निहित छ’, विज्ञप्तिमा भनिएको छ । सन् २०२३ को अक्टोबर ७ मा गाजा पट्टीसँग जोडिएको इजरायलको सीमामा हमासको लडाकुसमूहले आक्रमण गरेको थियो जसमा इजरायलीमा बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिक गरी कम्तीमा एक हजार २ सय १८ जनाको मृत्यु भएको थियो ।

त्यसको बदलामा इजरायलले हमासलाई परास्त गर्ने प्रतिबद्धता जनाउँदै सञ्चालन गरेको हवाई तथा स्थल कारबाहीमा युद्ध सुरु भएदेखि अहिलेसम्म ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘हमासमाथि प्रतिबन्ध लगाएर बेलायतले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा आफ्नो प्रतिरक्षा गर्ने अधिकारबाट हमासलाई बञ्चित गरिरहेको छ’, अपिलबारे जानकारी गराउँदै समूहले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ । उक्त निवेदनमा हमासको प्रतिबन्ध ‘असमान’ भएको तर्क गरिएको छ किनभने उक्त समूहले बेलायतको राष्ट्रिय सुरक्षामा ‘कुनै खतरा उत्पन्न गर्दैन’ ।

यस निवेदनको विपक्षी राजनीतिज्ञहरूले तीव्र आलोचना गरेका छन्। छायाँ विदेश सचिव प्रीति पटेलले समूहलाई ‘दुष्ट, इरान समर्थित आतङ्कवादी सङ्गठन’ को रूपमा निन्दा गरेकी छन् । पटेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हमासको प्रतिवन्ध अन्त्यका लागि अभियान चलाउनेहरूले यस आतङ्कवादी सङ्गठनले निम्त्याएको खतराको गम्भीरता बुझ्न सकेका छैनन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register