डा गुरुङको आँखा शिविर सहयोगार्थ बेलायतमा जुटाइयो २० लाख
लन्डन- बेलायतवासी युवा सामाजिक अभियन्ता एवम् डाक्टर विशाल गुरुङले नेपालमा सञ्चालन गर्न लागेको निशुल्क आँखा शिविरको लागि बेलायतमा झण्डै लाख रुपैयाको कोष जम्मा भएको छ । डा गुरुङद्धारा स्थापित ‘रेज अफ होप फाउन्डेसन’ को आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा सम्पन्न च्यारिटी साँझबाट उक्त रकमको प्रतिवद्धता आएको उनले जानकारी दिए । आगामी एक साताभित्र प्रतिवद्धता […]

लन्डन- बेलायतवासी युवा सामाजिक अभियन्ता एवम् डाक्टर विशाल गुरुङले नेपालमा सञ्चालन गर्न लागेको निशुल्क आँखा शिविरको लागि बेलायतमा झण्डै लाख रुपैयाको कोष जम्मा भएको छ ।
डा गुरुङद्धारा स्थापित ‘रेज अफ होप फाउन्डेसन’ को आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा सम्पन्न च्यारिटी साँझबाट उक्त रकमको प्रतिवद्धता आएको उनले जानकारी दिए ।
आगामी एक साताभित्र प्रतिवद्धता आएको रकम संकलन गरिसक्ने योजना रहेको जनाउँदैडा गुरुङले यो अवधिमा नयाँ दाताले पनि सहयोग गर्न सक्ने जानकारी दिए ।
शिविरका लागि बेलायतस्थित कयौं नेपाली संस्था र व्यवसायिक कम्पनी समेतले साझेदारी गर्दै सहयोग गरेका छन् । तीमध्ये केहीले च्यारिटी सांझमै सहयोग चेक हस्तान्तरण गरिसकेका छन् ।
च्यारिटी कार्यक्रममा संकलित रकम यही फेब्रुअरी महिनामा नेपालका पर्वत र सर्लाही जिल्लामा सञ्चालन हुने निशुल्क आँखा शिविरका लागि खर्च गरिनेछ भने बाँकी रहेको रकम नेपालमै सहयोग गरिनेछ ।
च्यारिटी साँझमा स्थानीय रश्मोर बरोकी मेयर मारा माकुनुराले शुभकामना मन्तव्य दिंदै शिविरको सफलताको कामना गरेकी थिइन् ।
आयोजक फाउन्डेसन अध्यक्ष समेत रहेका डा गुरुङले च्यारिटी कार्यक्रमलाई सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगदाताप्रति आभार प्रकट गरे । समुदायबाट प्राप्त साथ र हौसलाका लागि धन्यवाद दिंदै उनले यसबाट आफू थप उत्साहित बनेको पनि उल्लेख गरे ।
कार्यक्रममा स्थानीय रश्मोर बरोका काउन्सिलरहरु, बेलायती सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल, ब्रिगेडयरहरु, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंगै दुई सय तीस जनाभन्दा बढीको सहभागिता थियो।
सो अवसरमा ५ वर्षदेखि ८४ उमेरसम्मका विभिन्न कलाकारले गीत, नृत्यसहितका प्रस्तुतिले मनोरञ्जन दिलाएका थिए ।
कलाकारहरु अञ्जनी गुरुङ, प्रेसा गुरुङ, केञ्जी गुरुङ र नताशा गुरुङले आकर्षक नृत्य देखाएका थिए भने नेपालबाट आएका राष्ट्रिय कलाकार प्रसाद खप्तरी र देवी आलेसंगै स्थानीय गायक क्याप्टेन रिटायर्ड वीर थापाले गायन प्रस्तुत गरेका थिए । कुमार गुरुङले बाँसुरीवादनमार्फत् मन्त्रमुग्ध गराएका थिए ।
डा गुरुङको फाउन्डेसनले आगामी फेब्रुअरी १० देखि १३ तारिखसम्म चार दिन पर्वत तथा फेब्रुअरी १८ देखि २० तारिखसम्म तीन दिन सर्लाहीमा शिविर सञ्चालन आँखा शिविर सञ्चालन गर्न लागेको छ ।
पर्वतमा चार दिनमध्ये पहिलो एक दिन चारभञ्ज्याङ तथा त्यसपछिका तीन दिन सदरमुकाम कुस्मामा शिविर रहनेछ । सर्लाहीको शिविर मरिअन नगरपालिकामा सञ्चालन हुनेछ ।
नेपाल नेत्रज्योति संघसंगको सहकार्यमा हुन लागेको शिविरमा हजारौं स्थानीयको निशुल्क आँखा जाँच गरिंदैछ भने तीन सय जनाको मोतीबिन्दुको शल्यक्रिया गराइनेछ।
शिविर सञ्चालक ‘रेज अफ होप फाउन्डेसन’ अध्यक्ष डा गुरुङ तमुधिं यूकेका वर्तमान महासचिव हुन् । उनी बेलायतको स्थानीय राजनीतिमा समेत सक्रिय छन् ।
यसअघि सन् २०२३ मा स्याङजाको पुतलीबजारमा आँखा शिविर चलाएर डा गुरुङले ४ हजार बढी स्थानीयलाई निशुल्क सेवा दिएका थिए भने ९४ जनाको मोतीबिन्दुको शल्यक्रिया गराएका थिए ।
What's Your Reaction?






