२३औं गोर्खाकपको तयारीमा जुट्यो तमुधिं यूके, टीम र स्टल दर्ता खुला

लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो इभेन्ट गोर्खाकप यसपटक मे महिनाको २५ तारिख आइतबारलाई तय छ। अल्डरसटको क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा आयोजना हुने गोर्खाकपको २३ औं संस्करणको तयारीमा आयोजक तमुधिं यूके अहिले युद्धस्तरमा जुटिरहेको छ। गोर्खाकपमा मुख्य विधाका साथै भेटेरान र महिला गरी जम्मा तीन विधामा प्रतिस्पर्धा गराइनेछ । त्यसबाहेक कार्यक्रमस्थलमा नेपाली […]

Apr 10, 2025 - 15:36
 0
२३औं गोर्खाकपको तयारीमा जुट्यो तमुधिं यूके, टीम र स्टल दर्ता खुला

लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो इभेन्ट गोर्खाकप यसपटक मे महिनाको २५ तारिख आइतबारलाई तय छ।

अल्डरसटको क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा आयोजना हुने गोर्खाकपको २३ औं संस्करणको तयारीमा आयोजक तमुधिं यूके अहिले युद्धस्तरमा जुटिरहेको छ।

गोर्खाकपमा मुख्य विधाका साथै भेटेरान र महिला गरी जम्मा तीन विधामा प्रतिस्पर्धा गराइनेछ । त्यसबाहेक कार्यक्रमस्थलमा नेपाली खाना, नेपाली सामग्री तथा कपडा, व्यापार, च्यारिटी लगायतका डेढ सय स्टल पनि रहनेछन्।

यस वर्ष गोर्खाकपमा फुटबलबाहेक विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति, प्याराजम्प प्रदर्शनी, नेपालका राष्ट्रिय खेलाडीहरुको उपस्थितिलगायतका आकर्षण रहनेछन्।

गोर्खाकपमा भाग लिने टीम तथा स्टलहरुको बुकिङ गत आइतबारदेखि खुला गरिएको छ।

आयोजक तमुधिं यूके मिडिया संयोजक एसके गुरुङका अनुसार मुख्य विधामा ३२, भेटेरानमा १६ र महिलामा ४ टीमबीच प्रतिस्पर्धा गराइनेछ । सबै विधामा आवश्यक संख्याका टीमहरु दर्ता भएपछि बुकिङ बन्द गरिनेछ।

यसपटकको गोर्खाकपमा भाग लिन नेपाल र अमेरिकाबाट समेत एकएक टीम आउने तयारी छ।

गोर्खाकपको मुख्य विधामा विजेतालाई ३ हजार पाउन्ड र उपविजेतालाई १८ सय पाउन्ड, भेटेरान विधामा विजेतालाई १५ सय पाउण्ड र उपविजेतालाई १ हजार पाउण्ड तथा महिला विधातर्फ विजेतालाई ६ सय पाउन्ड र उपविजेतालाई ४ सय पाउन्ड नगदसहितको पुरस्कार दिइनेछ।

आगामी मे १८ तारिख तमुधिं भवन मिचेटमा आयोजना हुने पत्रकार सम्मेलनमा टीमहरुको ड्र गराइनेछ। यस वर्षको गोर्खाकपका संयोजक तमुधिं यूके स्पोर्टस् सेक्रेटरी क्या दीपक घले छन्।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खाकपमा सहभागितका लागि बेलायतको सिंगो नेपाली समुदायलाई आव्हान गरेका छन्।

‘२३ औं संस्करणसम्म आइपुग्दा गोर्खाकप बेलायतका सारा नेपाली र सिंगो समुदायको साझा कार्यक्रम बन्न सफल भएको छ’, अध्यक्ष गुरुङले नेपालीलिंकसंग भने, ‘यसपटक पनि सबै जनाको साथ, सहयोग र सहभागितामा कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न हुने आशा हामीले लिएका छौं । सोहीअनुसार सहभागिता र सहयोगका लागि सबैलाई आव्हान गर्दछौं।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register