विश्वभरका नेपाली बटुलेर नयाँ वर्ष शुभकामना बांड्ने तयारी

लन्डन –  जय नेपाल इन्टरन्याशनल फाउण्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीमाझ शुभकामना बांड्ने तयारी गरेको छ । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसंगै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखेको हो । अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउण्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । उनका […]

Apr 10, 2025 - 20:01
 0
विश्वभरका नेपाली बटुलेर नयाँ वर्ष शुभकामना बांड्ने तयारी

लन्डन –  जय नेपाल इन्टरन्याशनल फाउण्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीमाझ शुभकामना बांड्ने तयारी गरेको छ ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसंगै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखेको हो ।

अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउण्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । उनका अनुसार नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न लागिएको हो । 

डा. कोइरालासहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद र काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।

उक्त कार्यक्रमका माध्यमबाट संसारभरिका नेपालीहरुलाई  एकत्रित बनाउन खोजिएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले बताए ।

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको हो । 

फाउण्डेसनले विश्व भरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क ’, महिलाहरूको ‘ग्लोबल विमन नेटवर्क,’ सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क,’ विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क ’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क ’ मार्फत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

फाउण्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भइसकेका छन् । देश विदेशमा रहेका नेपालीहरूबीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वेबिनार राखिएको हुँदा सबैलाई जोडिन अध्यक्ष डा. यादव पण्डितले अनुरोध गरेका छन् ।

कार्यक्रममा जोडिन जुम लिंक:

जुम आईडि– ९८८ २८७० ६६५६

कोड– २०२५

नेपाली समय–चैत्र ३०, २०८१ शनिवार साँझ ०६ः०० बजे

न्यूयोर्क समय– अप्रिल १२, २०२५ बिहान ०८ः१५ बजे

टेक्सस समय – अप्रिल १२, २०२५ बिहान ०७ः१५ बजे

क्यालिफोर्निया समय– अप्रिल १२, २०२५ बिहान ०५ः१५ बजे

बेलायत समय- अप्रिल १२, २०२५ दिउसो ०१ः१५ बजे

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register