सूर्य खड्का र विष्णु सापकोटासंगै नटिङहमका नेपालीले मनाए नेपाली नयाँ वर्ष

लन्डन- नेपाली समाज नटिङहमले एक शुभकामना साँझ कार्यक्रमका साथ नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गरेको छ। सोमबार नयाँ वर्षकै दिन समाजका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षतामा विविध मनोरन्जनात्मक कार्यक्रमसहित नयाँ वर्ष मनाउन झन्डै साढे तीन says संख्यामा स्थानीय नेपाली भेला भएका थिए। कार्यक्रममा प्रमुख अतिथि स्थानीय लिन्टन र इस्ट वलाटनको प्रतिनिधित्व गर्ने काउन्सिलर पाब्लोक कोत्सोनिसले […]

Apr 15, 2025 - 16:35
 0
सूर्य खड्का र विष्णु सापकोटासंगै नटिङहमका नेपालीले मनाए नेपाली नयाँ वर्ष

लन्डन- नेपाली समाज नटिङहमले एक शुभकामना साँझ कार्यक्रमका साथ नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गरेको छ।

सोमबार नयाँ वर्षकै दिन समाजका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षतामा विविध मनोरन्जनात्मक कार्यक्रमसहित नयाँ वर्ष मनाउन झन्डै साढे तीन says संख्यामा स्थानीय नेपाली भेला भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि स्थानीय लिन्टन र इस्ट वलाटनको प्रतिनिधित्व गर्ने काउन्सिलर पाब्लोक कोत्सोनिसले नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गरे।उनले बेलायत र नेपालबीच विशेष ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नटिङहमको समुदायमा स्थानीय नेपालीहरुले पुर्याउंदै आएको योगदानको पनि प्रशंसा गरे।

सो अवसरमा नटिङहम पुलिस अफिसर एवं कम्युनिटि कोहिसिब कोअर्डिनेटर गुरमित कौर र भिक्टिम केयर अफिसर नाटाली विशेष अतिथिको रुपमा उपस्थित थिए।

त्यसअघि प्रमुख अतिथि काउन्सिलर पाभोलोस कोन्तोसिस, समाजका संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री र अध्यक्ष रामप्रसाद पन्थीले पानसमा दीप बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा पूर्व अध्यक्ष एवं एनआरएनए आइसीसी सदस्य विष्णु चालिसे, पूर्व अध्यक्ष प्रविण खरेल, पूर्व अध्यक्ष एवं एनआरएनए यूके महसचिव गोविन्द खरेल, निर्वतमान अध्यक्ष रविन्द्र शर्मा, संस्थापक अध्यक्ष रणबहादुर केसी, एनआरएनए इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष शम्भुप्रसाद अर्याल र वुमन फाउण्डेसनकी अध्यक्ष श्रीमती निरू चालीसेले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना दिएका थिए।

उपाध्यक्ष लोकनाथ अधिकारीले हेल्थ एण्ड सेफ्टी ब्रिफ र अर्का उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य दिएका थिए भने महासचिव बिरेन्द्र खडका (रेशम) ले कार्यक्रम संचालन गरेका थिए।

कोषाध्यक्ष रविन्द्र गिरी र सहकोषाध्यक्ष मोहन केसीका साथै कार्यसमिति सदस्यहरु खगेन्द्र साहनी र अर्जुन सापकोटाले कोष तथा राफल व्यवस्थापन, उपाध्यक्षद्वय मुकुन्दहरि खरल र लोकनाथ अधिकारी, भवानी आचार्य, हेमलाल गैरे र द्रोण डांगीले खानपान व्यवस्थापन तथा पूर्व अध्यक्ष दीपक सापकोटा र निरु चालिसे, मन्जु डुम्रे, मुना न्यौपाने, कला भट्टराईसहितको वुमन फाइण्डेसनको टिमले हल सजावट गरेको थियो।

कार्यक्रममा जापानबाट आएका परदेशी गायक सूर्य खड्का र अष्ट्रेलियाबाट आएका व्यवसायी तथा कलाकार विष्णु सापकोटाले सांगीतिक प्रस्तुति गरेका थिए।

डिजे नन्द पुनले नचाएका थिए भने स्थानीय कलाकारहरुले आकर्षक नृत्यहरु देखाएर मनोरंजन गराएका थिए। सांस्कृतिक कार्यक्रमको सत्र समाजका सदस्य यज्ञ डुम्रे र सहकोषाध्यक्ष मोहन केसीले संचालन गरेका थिए।

अध्यक्ष रामप्रसाद पन्थीले कार्यक्रम सफल पार्न सहभागी तथा सहयोगी सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिंदै नयाँ वर्षको शुभकामना दिएका थिए।कार्यक्रममा प्रस्तुति गर्ने अतिथि तथा स्थानीय कलाकारलाई समाजका तर्फबाट सम्मान गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register