प्रहरीले भन्यो : दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

काठमाडौं । नेपाल प्रहरीले यही चैत १५ गतेको राजावादी आन्दोलनपछि फरार भएका मेडिकल व्यवसायीसमेत रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईं खोजीको सूचीमा रहेको जनाएको छ । विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकोमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

Apr 11, 2025 - 01:19
 0
प्रहरीले भन्यो : दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

काठमाडौं । नेपाल प्रहरीले यही चैत १५ गतेको राजावादी आन्दोलनपछि फरार भएका मेडिकल व्यवसायीसमेत रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईं खोजीको सूचीमा रहेको जनाएको छ ।

विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकोमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले प्रसाईं पक्राउ नपरेको दाबी गर्दै भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गरेका छन् ।

यसअघि प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको थियो ।

‘हाम्रा अभियानका संयोजक दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,’ सचिवालयले बिहीबार राति फेसबुकमार्फत जानकारी दिएको थियो ।

प्रसाईंले बुधबार मात्रै आफ्नो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भिडिओ सन्देशमार्फत बताएका थिए ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ । उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्ने शैलीमा पेलेको र त्यसपछि अवस्था उग्र बन्दै दुई जनाको ज्यानसमेत गएको आरोप छ ।

दुर्गा प्रसाईंको दाबी- आत्मसमर्पण गरेको हुँ

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register