धरानको जङ्गलमा भेटिएकी महिला चुनुकुमारी दाहाल भएको आफन्तले सनाखत

झापा, २९ चैत । सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल रहेको खुलेको छ । महिलाका भाइ लीलबहादुर दाहाल र ससूराले गरेका मृतक चुनुकुमारी रहेको जनाएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिनुभयो । मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा [...] The post धरानको जङ्गलमा भेटिएकी महिला चुनुकुमारी दाहाल भएको आफन्तले सनाखत appeared first on Jhapa Online.

Apr 11, 2025 - 01:50
 0
धरानको जङ्गलमा भेटिएकी महिला चुनुकुमारी दाहाल भएको आफन्तले सनाखत

झापा, २९ चैत । सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल रहेको खुलेको छ ।

महिलाका भाइ लीलबहादुर दाहाल र ससूराले गरेका मृतक चुनुकुमारी रहेको जनाएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिनुभयो । मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान् कोरियामा रहेका प्रहरीले जनाएको छ ।

घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको खतिवडाले बताउनुभयो । मृतक दाहालको शरीरमा चोटपटक देखिएको थियो भने अर्धनग्न अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ ।

The post धरानको जङ्गलमा भेटिएकी महिला चुनुकुमारी दाहाल भएको आफन्तले सनाखत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register