ट्रम्पले अमेरिका आयात हुने स्टिल र आल्मुनियममा बढाए कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियम आयातमा कर बढाएका छन् । अमेरिकाले हालको कर दर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा गरेको र यो आगामी बुधबारदेखि लागू हुने बीबीसीको समाचारमा उल्लेख छ । पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्‍यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनमाथिको […]

May 31, 2025 - 03:21
 0
ट्रम्पले अमेरिका आयात हुने स्टिल र आल्मुनियममा बढाए कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियम आयातमा कर बढाएका छन् । अमेरिकाले हालको कर दर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा गरेको र यो आगामी बुधबारदेखि लागू हुने बीबीसीको समाचारमा उल्लेख छ ।

पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्‍यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनमाथिको निर्भरता कम गर्ने बताए ।

उनले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बीचको साझेदारीले यस क्षेत्रको स्टिल उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने पनि जानकारी दिए ।

‘यद्यपि यो साझेदारीको विवरण अझै स्पष्ट छैन र दुबै कम्पनीहरूले अहिलेसम्म कुनै सम्झौताको पुष्टि गरेका छैनन्,’ समाचारमा जनाइएको छ ।

र्‍यालीमा स्टील कामदारहरूको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘कुनै पनि कामबाट कटौती हुनेछैन् र आउटसोर्सिङ हुनेछैन । र, प्रत्येक अमेरिकी स्टिल कामदारले चाँडै नै ५ हजार बोनस पाउनेछन्, जुन उनीहरूले पाउनु पर्ने हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register