डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा

पथरी । प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब विजयी भई उपाधिका लागि भिड्न तयार भएका हुन्।पहिलो सेमिफाइनलमा डाँस मोरङीले ब्रदर्स एलेभेनलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको ब्रदर्स एलेभेनले २० ओभरमा ५ विकेटको क्षतिमा […]

May 31, 2025 - 03:23
 0
डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा

पथरी । प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब विजयी भई उपाधिका लागि भिड्न तयार भएका हुन्।पहिलो सेमिफाइनलमा डाँस मोरङीले ब्रदर्स एलेभेनलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो ।

टस हारेर पहिला ब्याटिङ गरेको ब्रदर्स एलेभेनले २० ओभरमा ५ विकेटको क्षतिमा १४४ रन बनायो। विशाल थापाले ४२, आभाष खनालले २८ र निरज पाठकले ३० रनको योगदान गरे।डाँस मोरङीका उमर सानीले २ विकेट लिए भने रोहित राजबंशी र आरके मण्डलले समान १र१ विकेट लिए। १४५ रनको लक्ष्य डाँस मोरङीले १८।३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। रोहित राजवंशीले ४३ रनको प्रभावशाली पारी खेले भने आरके मण्डलले ३२, चन्द्र भट्टराईले २० र सुवास रोयले १९ रन बनाए। ब्रदर्स एलेभेनका करण गजमेरले २ विकेट लिए भने आभाष खनाल, निरज शाह र निरज पाठकले समान १र१ विकेट लिए।

रोहित राजबंशी ‘म्यान अफ द म्याच’ घोषित भए।दोस्रो सेमिफाइनलमा आयोजक कञ्चनजंघा क्रिकेट क्लबले पथरीशनिश्चरे क्रिकेट क्लबलाई ५ विकेटले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको पथरीशनिश्चरे १९।१ ओभरमा ११७ रनमै समेटियो। एन्जल राईले ३१, सोलोमन राईले १९ र नेल्सन दंगालले १८ रन बनाए।कञ्चनजंघाका ज्ञानेन्द्र श्रेष्ठले ३ विकेट लिए भने नुरी निशार, सुरज न्यौपाने र अभिषेक लिम्बूले समान २र२ विकेट लिए।

११८ रनको लक्ष्य आयोजकले १३।३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। सुरज न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रनको अर्धशतकिय पारी खेले। पथरीशनिश्चरेका नेल्सन दंगालले ३ विकेट लिए भने सुदीप चौधरी र दीपेश भण्डारीले समान १र१ विकेट लिए। सुरज न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register