भोजपुरमा पनि ‘रेडपान्डा ’ संरक्षण अभियान

टक्सार (भोजपुर) १९ चैत । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपान्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । विश्वमा नै दुर्लभ मानिएको रेडपान्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको [...] The post भोजपुरमा पनि ‘रेडपान्डा ’ संरक्षण अभियान appeared first on Jhapa Online.

Apr 1, 2025 - 12:10
 0
भोजपुरमा पनि ‘रेडपान्डा ’ संरक्षण अभियान

टक्सार (भोजपुर) १९ चैत । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपान्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो ।

विश्वमा नै दुर्लभ मानिएको रेडपान्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपान्डा संरक्षण अभियान थालिएको छ ।

टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथा लोपोन्मुख रेडपान्डा भेटिने गरेको छ । गाउँपालिका–१ को सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा सामूहिक अभियान संस्थाका समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रमका फिल्ड कर्मचारीका तर्फबाट रेडपान्डा भेटेर तस्बिर खिचेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रेडपान्डा संरक्षणका लागि सम्बन्धित निकायसँग जिल्ला तहमा अन्तरक्रिया तथा छलफलका कार्यक्रम सञ्चालन हुँदै आइरहेको संस्थाका महासचिव गणेश प्रधानले बताउनुभयो । सामुदायिक वनसँग समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन भएको छ ।रेडपान्डा संरक्षणका लागि डिभिजन वन कार्यालय र सम्बन्धित सामुदायिक वनसँग सहकार्य गरिने छ । रासस

The post भोजपुरमा पनि ‘रेडपान्डा ’ संरक्षण अभियान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register