दिनहुँ नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनले दिनहुँ उच्च मूल्यको रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुल‍नामा १ हजारले बढेर १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो । छापावाल सुन शुक्रबार तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, […]

Apr 13, 2025 - 06:17
 0
दिनहुँ नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनले दिनहुँ उच्च मूल्यको रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुल‍नामा १ हजारले बढेर १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

छापावाल सुन शुक्रबार तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register