सूर्यदर्शन सहकारी ठगी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पहिलो दिनको थुनछेक बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजको लागि थुनछेक बहस सकिएको र भोलि त्यसलाई निरन्तरता दिइने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । मङ्गलबार न्यायाधीश नीतिज राईको […]

Dec 31, 2024 - 11:08
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पहिलो दिनको थुनछेक बहस सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजको लागि थुनछेक बहस सकिएको र भोलि त्यसलाई निरन्तरता दिइने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ ।

मङ्गलबार न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो ।

लगत्तै थुनछेक बहस सुरु भएको थियो ।

उनीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register