आईपीएलमा डबल हेडर : दिल्लीको विजय यात्रामा ब्रेक लाग्ला ?

काठमाडौं । आईपीएल (IPL) मा आज लगातार दोस्रो दिन डबल हेडर (एक दिनमा २ खेल) खेलाइँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स (RR) ले रोयल च्यालेन्जर्स बैङ्गलोर (RCB) को सामना गर्नेछ । खेल राजस्थानको सवाई मानसिंह रङ्गशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । यस सिजनमा राजस्थानको टोलीले लगातार ५ मध्ये २ खेल जितेको छ […]

Apr 13, 2025 - 06:35
 0
आईपीएलमा डबल हेडर : दिल्लीको विजय यात्रामा ब्रेक लाग्ला ?

काठमाडौं । आईपीएल (IPL) मा आज लगातार दोस्रो दिन डबल हेडर (एक दिनमा २ खेल) खेलाइँदैछ ।

पहिलो खेलमा राजस्थान रोयल्स (RR) ले रोयल च्यालेन्जर्स बैङ्गलोर (RCB) को सामना गर्नेछ । खेल राजस्थानको सवाई मानसिंह रङ्गशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ ।

यस सिजनमा राजस्थानको टोलीले लगातार ५ मध्ये २ खेल जितेको छ र हाल अङ्क तालिकामा ७औं स्थानमा छ । बैङ्गलोरले ५ खेलमध्ये ३ खेल जितेको छ भने २ खेलमा हार  व्यहोरेको छ । दुवै टोलीले अघिल्ला खेलहरू हारेका छन् ।

हेड टू हेडमा बैङ्गलोर अगाडि

आईपीएलमा राजस्थान र बैङ्गलोरबीच ३२ खेल भएको छ । जसमा राजस्थानले १४ र बैङ्गलोरले १५ मा जित हासिल गरेको छ । दुई बीचका तीन खेल पनि अनिर्णीत रहे । जयपुरमा दुई टोलीबीच ९ खेल खेलिएका थिए, जसमा आरआरले ५ र आरसीबीले ४ खेल जितेको थियो ।

जारी सिजनमा राजस्थानका कप्तान सञ्जु स्यामसन टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ५ खेलमा १७८ रन बनाएका छन् । यसमा एक अर्धशतक पनि समावेश छ ।

बलर वानिन्दु हसरङ्गा टोलीका सर्वाधिक विकेट लिने बलर हुन् । उनले आफ्नो ३ खेलमा जम्मा ६ विकेट लिएका छन् ।

यता, बैङ्गलोरका ब्याट्सम्यान विराट कोहली र कप्तान रजत पाटीदार दुवैले ५ खेलमा १८६ रन बनाएका छन् । कोहलीले मुम्बई विरुद्ध ६७ रनको इनिङ खेलेका थिए । त्यसअघि उनले कोलकाता विरुद्ध अविजित ५९ रन बनाएका थिए । रजतले एमआई विरुद्ध ६४ रनको अर्धशतक बनाएका थिए ।

टोलीका जोश हेजलवुड विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले ५ खेलमा कुल ८ विकेट लिएका छन् ।

पिच रिपोर्ट

जयपुरको सवाई मानसिंहको पिच ब्याटिङमैत्री छ । टी-२० क्रिकेटमा १८०-१९६ बीचको स्कोर यहाँ सामान्य छ । यो सिजन यहाँ पहिलो खेल हुनेछ । जयपुरमा अहिलेसम्म ५७ वटा आईपीएल खेलहरू खेलिएका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले २० खेलमा जित हासिल गरेको छ भने पछ्याउने टोलीले ३७ खेलमा जित हासिल गरेको छ ।

सम्भावित प्लेइङ-१२

राजस्थान : सञ्जु सैमसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, नितिश राना, रियान पराग, ध्रुव जुरेल, शिम्रोन हेटमेयर, शुभम दुबे, जोफ्रा आर्चर, महिश थिक्षाना, तुषार देशपाण्डे, सन्दीप शर्मा, सन्दीप हसन, ध्रुव जुरेल ।

बैङ्गलोर : रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकीपर), क्रुणाल पाण्ड्या, टिम डेभिड, भुवनेश्वर कुमार, जोस हेजलवुड, यश दयाल, सुयश शर्मा ।

दोस्रो खेलको झलक

आज हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स (DC) ले मुम्बई इन्डियन्स (MI) को सामना गर्नेछ । खेल दिल्लीको अरुण जेटली रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा दिल्लीले उत्कृष्ट खेलिरहेको छ, टोलीले अहिलेसम्म ४ मध्ये ४ खेल जितेको छ । उसले आफ्नो घरेलु मैदानमा भएको अन्तिम खेलमा बैङ्गलोरलाई ६ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ मुम्बईले अहिलेसम्म ५ खेलमध्ये १ खेल मात्र जितेको छ, अन्तिम खेलमा बैङ्गलोरसँग १२ रनले पराजित भएको थियो ।

हेड टू हेडमा MI अगाडि

हेड टू हेडमा एमआईको अग्रता छ । आईपीएलमा हालसम्म दुई टोलीबीच जम्मा ३५ खेल खेलिएका छन् । जसमध्ये दिल्लीले १९ जित्यो भने मुम्बईले १९ जितेको छ । साथै, दुवै टोलीले अरुण जेटली रङ्गशालामा १२ पटक खेलेका छन् । यसमध्ये डीसीले ७ पटक र एमआईले ५ पटक जितेको छ ।

जारी सिजनमा दिल्लीका ब्याट्सम्यानमध्ये केएल राहुलले टोलीका लागि सबैभन्दा धेरै १८५ रन बनाएका छन् । यसैबीच दिल्लीका बलर मिचेल स्टार्क टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले ४ खेलमा ९ विकेट लिएका छन् ।

यता, मुम्बईका ब्याट्सम्यान सूर्यकुमार यादव अहिलेसम्म टोलीका सर्वाधिक स्कोरर हुन् । सूर्यकुमारले ५ खेलमा कुल १९९ रन बनाएका छन् । यसैबीच बलिङ अलराउन्डर हार्दिक पाण्डेय मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।

पिच रिपोर्ट

अरुण जेटली रङ्गशालाको पिच ब्याट्सम्यानका लागि उत्कृष्ट हुनेछ । यहाँ आईपीएलमा अहिलेसम्म जम्मा ८९ खेल खेलिएका छन् । यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ४२ खेल जित्यो भने पछ्याउने टोलीले ४६ खेल जितेको छ । एउटा खेल भने अनिर्णीत रह्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register