काठमाडौँको पेप्सीकोलाबाट ६० लाख लुटपाट, २० जना पक्राउ 

काठमाडौँ । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेको समयमा पेप्सीकोलास्थित टाउन प्लानिङबाट एक व्यक्तिको दुईवटा झोलामा रहेको ६० लाख रुपैयाँ लुटपाट भएको हो ।  प्रहरीका अनुसार सो दिन काठमाडौँको बौद्ध बस्ने रितेश लामाको साथबाट रकम लुटपाट भएको थियो । रकम लुटिएपछि लामाले काँडाघारीस्थित प्रहरी प्रभागमा उजुरी दिएका […]

Apr 13, 2025 - 09:38
 0
काठमाडौँको पेप्सीकोलाबाट ६० लाख लुटपाट, २० जना पक्राउ 

काठमाडौँ । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेको समयमा पेप्सीकोलास्थित टाउन प्लानिङबाट एक व्यक्तिको दुईवटा झोलामा रहेको ६० लाख रुपैयाँ लुटपाट भएको हो । 

प्रहरीका अनुसार सो दिन काठमाडौँको बौद्ध बस्ने रितेश लामाको साथबाट रकम लुटपाट भएको थियो । रकम लुटिएपछि लामाले काँडाघारीस्थित प्रहरी प्रभागमा उजुरी दिएका थिए । 

लामाले दिएको उजुरीका आधारमा सो राती उनी जग्गाको बैना गर्न रकम लिएर जाँदै थिए । टाउन प्लानिङ पुगेपछि उनले जग्गाको विषयमा एकजना व्यक्तिसँग कुराकानी गर्दै थिए । सोही बेलामा आएका ८-९ जनाको समूहले गाडीमा दुईवटा झोलामा रहेको रकम लुटेको लामाले दिएको उजुरीमा उल्लेख छ । 

हालसम्म उक्त लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको विवरण भने प्रहरीले गोप्य राखेको छ । सीसीटिभी फुटेजमा पनि रकम लुटेर लगेको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार सीसीटिभीमा लुटेराहरु मोटरसाइकल र स्कुटरमा चढेर भागेको देखिएको छ । 

हालसम्म पक्राउ परेको २० जनाबाट ३० लाख रुपैयाँ बरामद भइसकेको प्रहरीले जनाएको छ । बाँक रकम भने साँखु पुगेर बाँडेको पक्राउ परेकोहरुले बयान दिएका छन् । अर्कोतर्फ लामाले बोकेर लिएर हिँडेको उक्त रकमको स्रोतबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register