लागुऔषध र अवैध पेस्तोलसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट।  अवैध पेस्तोलसहित एक जना भारतीय नागरिकलाई शनिवार राती सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको सितामढी जिल्ला नन्दवरा बस्ने अन्दाजी २३ वर्षीय किशन कुमार रहेका छन् । उनको साथबाट एक थान नलकटुवा पेस्तोल र प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।  रौतहटको राजदेवी नगरपालिका– १० बेलविछवा सिसी क्यामेरा नाका […]

Apr 13, 2025 - 09:37
 0
लागुऔषध र अवैध पेस्तोलसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट। 

अवैध पेस्तोलसहित एक जना भारतीय नागरिकलाई शनिवार राती सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको सितामढी जिल्ला नन्दवरा बस्ने अन्दाजी २३ वर्षीय किशन कुमार रहेका छन् । उनको साथबाट एक थान नलकटुवा पेस्तोल र प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

 रौतहटको राजदेवी नगरपालिका– १० बेलविछवा सिसी क्यामेरा नाका स्थित जैसवाल मदिरा पसल बाहिर उनी पक्राउ परेका हुन । दुई समुह बीच मदिरा सेबन गरी झगडा गरेको सुचनाको आधारमा पुगेको बिओपी बेलबिछवाका सशस्त्र प्रहरी नायब निरिक्षक कृष्ण प्रसाद यादवको कमाण्डमा गएको टोलीले प्रतिबन्धित लागुऔषध कोरेक्स ३ पीस, नाइट्रोभेट ट्याबलेट ५ पीस, मोबाइल १ थान र हातमा लगाउने २ थान बाला बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर रौतहटले जनाएको छ । 

पक्राउ परेका कुमारलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register