पन्च मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा शुभकामना तथा क्यालेण्डर वितरण

काठमाडौँ।  पन्च मन्दिर संरक्षण तथा समाज सुधार संस्थाले नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  काठमाडौँ  महानगरपालिका १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले आगामी वर्ष नेपाल र नेपालीका लागि सुखद हुने बिचार व्यक्त गरेका थिए ।  समाजका अध्यक्ष सुरेश रायमाझी […]

Apr 13, 2025 - 10:28
 0
पन्च मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा शुभकामना तथा क्यालेण्डर वितरण

काठमाडौँ। 

पन्च मन्दिर संरक्षण तथा समाज सुधार संस्थाले नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाडौँ  महानगरपालिका १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले आगामी वर्ष नेपाल र नेपालीका लागि सुखद हुने बिचार व्यक्त गरेका थिए । 

समाजका अध्यक्ष सुरेश रायमाझी सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्य न्याधिवक्ता ओम थपलिया,सान्तराम थापा, प्रभाकर महर्जन, बिना पोखरेल, रमेश खत्री, आदेश्वर बुढाथोकी, आत्मराम खड्क, जयदेव घिमिरे,डा. मोहन तिमिल्सिना र डा. रामहरि लामिछाने, सुरेन्द्र दाहाल, सुन्दरकुमार थापा लगायतले यस्ता खाले कार्यक्रमले समाजलाई एकताबद्ध बनाइराख्ने बताएका थिए ।

सोही अवसरमा समाजले तयार पारेको नोटबुक समेत विमोचन गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register