केआईआईटी प्रकरणमा एबीभीपीको माग- गृह र शिक्षा मन्त्रालयले हस्तक्षेप गरी अनुसन्धान गर्नु

काठमाडौं । अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले ओडिशाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा भारतको शिक्षा मन्त्रालय र गृहमन्त्रालयले हस्तक्षेप गरी अनुसन्धान गर्नुपर्ने माग गरेको छ। एबीभीपीले विश्वविद्यालय प्रशासनले देखाएको असंवेदनशीलताका कारण घटनामा शिक्षा र गृह मन्त्रालयको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएको हो । “ओडिशाको केआईआईटी जस्तो प्रतिष्ठित शैक्षिक […]

Feb 17, 2025 - 16:09
 0
केआईआईटी प्रकरणमा एबीभीपीको माग- गृह र शिक्षा मन्त्रालयले हस्तक्षेप गरी अनुसन्धान गर्नु

काठमाडौं । अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले ओडिशाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा भारतको शिक्षा मन्त्रालय र गृहमन्त्रालयले हस्तक्षेप गरी अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

एबीभीपीले विश्वविद्यालय प्रशासनले देखाएको असंवेदनशीलताका कारण घटनामा शिक्षा र गृह मन्त्रालयको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएको हो ।

“ओडिशाको केआईआईटी जस्तो प्रतिष्ठित शैक्षिक संस्थामा शङ्कास्पद परिस्थितिमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर अत्यन्तै दुःखद र हृदयविदारक छ। यस्तो अवस्थामा निष्पक्ष अनुसन्धानबाट बच्दै प्रशासनले नेपाली मूलका विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न दिएको आदेश अत्यन्तै असंवेदनशील र अमानवीय छ,” एबीभीपीका राष्ट्रिय महासचिव डा. वीरेन्द्र सिंह सोलंकीले भनेका छन्।

एबीभीपीले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकारस्पद मृत्युको घटनामा न्यायको माग गरिरहेका उनका साथीहरूलाई निष्कासन गर्ने कार्य अनैतिक र अमानवीय भएकोसमेत बताएको छ।
संगठनले मृतकप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गरेको छ।

“शंकास्पद परिस्थितिमा नेपाली विद्यार्थीको आत्महत्याको घटनामा न्यायको लागि गुहार मागिरहेका विद्यार्थीहरूलाई दबाउने विश्वविद्यालय प्रशासनको प्रयास अत्यन्तै निन्दनीय छ। विशेष गरी, नेपाली विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न भनेर दिइएको आदेश गैरकानूनी मात्र होइन, मानव अधिकारको गम्भीर उल्लङ्घन र भारत-नेपाल सम्बन्धको घनिष्ठतामाथिको समेत आक्रमण हो,” एबीभीपीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एबीभीपीले क्याम्पस प्रशासनलाई न्यायको माग गरिरहेका विद्यार्थीहरूको आवाज दबाउनुको सट्टा आत्महत्या दुरुत्साहनजस्ता घटना पछाडिका कारणहरूको गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने माग राखेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register