दारी ग्याङ यूकेले प्रेस्टनमा मनायो नयां वर्ष

लन्डन । दारी ग्याङ यूकेले बेलायतको प्रेस्टनमा एक कार्यक्रमबीच नयां वर्षलाई स्वागत गरेको छ । आइतबार प्रेस्टनस्थित डेट्रोइट क्लवमा कार्यक्रम भएको हो । विदेशी भूमिमा रहेर पनि मौलिक नेपाली परम्परा, संस्कृति र पहिचान जगेर्ना गर्ने एउटा महत्वपूर्ण प्रयासको रुपमा कार्यक्रम गरिएको आयोजकले बताएका छन् । साथै, कार्यक्रमले विदेशमा हामी सबै अध्ययन र रोजगारीका कारण व्यस्त […]

Apr 14, 2025 - 20:52
 0
दारी ग्याङ यूकेले प्रेस्टनमा मनायो नयां वर्ष

लन्डन । दारी ग्याङ यूकेले बेलायतको प्रेस्टनमा एक कार्यक्रमबीच नयां वर्षलाई स्वागत गरेको छ । आइतबार प्रेस्टनस्थित डेट्रोइट क्लवमा कार्यक्रम भएको हो ।

विदेशी भूमिमा रहेर पनि मौलिक नेपाली परम्परा, संस्कृति र पहिचान जगेर्ना गर्ने एउटा महत्वपूर्ण प्रयासको रुपमा कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

साथै, कार्यक्रमले विदेशमा हामी सबै अध्ययन र रोजगारीका कारण व्यस्त जीवन बिताइरहँदा केही समय साथीभाइसँग भलाकुसारी, शुभकामना आदानप्रदान, गीतसंगीत र नृत्यमार्फत मनोरन्जन दिलाउने अवसर पनि प्रदान गरेको थियो, आयोजक संस्थाका एक सदस्य सुशील गौतमले बताए ।

उक्त कार्यक्रममा आयोजकले च्यारिटी (परोपकार) कार्यका लागि केही रकम समेत संकलन गरे । सहभागीबाट संकलित २१० पाउण्ड (करिब ३७ हजार रुपैयाँ) ललितपुरस्थित तुलसालय आश्रममा खाद्य सामग्री वितरण 
गर्ने योजना बनाइएको दारी ग्याङ यूकेले जनाएको छ । आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register