आन्दोलनरत शिक्षकसँग काङ्ग्रेसका दुई महामन्त्रीको प्रतिबद्धता– समस्या समाधानका लागि पहल गर्छौं

काठमाडौं । आन्दोलनरत शिक्षक अगुवाहरूसँग नेपाली काङ्ग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका छन् । शिक्षकहरूका विविध माग र उनीहरूको आन्दोलनका विषयमा केन्द्रित छलफलमा महामन्त्रीद्वयले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी, शिक्षण पेशासँग जोडिएका संरचनागत सुधार, पेशागत सुरक्षाका सवाल, तथा उनीहरूको सरोकारका […]

Apr 15, 2025 - 05:44
 0
आन्दोलनरत शिक्षकसँग काङ्ग्रेसका दुई महामन्त्रीको प्रतिबद्धता– समस्या समाधानका लागि पहल गर्छौं

काठमाडौं । आन्दोलनरत शिक्षक अगुवाहरूसँग नेपाली काङ्ग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका छन् ।

शिक्षकहरूका विविध माग र उनीहरूको आन्दोलनका विषयमा केन्द्रित छलफलमा महामन्त्रीद्वयले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी, शिक्षण पेशासँग जोडिएका संरचनागत सुधार, पेशागत सुरक्षाका सवाल, तथा उनीहरूको सरोकारका अन्य मुद्दाहरूबारे गम्भीर रूपमा सम्वाद गरिएको महामन्त्री थापाको सचिवालयले जनाएको छ ।

सोमबार बेलुका भएको छलफलमा शिक्षक प्रतिनिधिहरूले सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको, तथा आफूहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न राजनीतिक तहबाट गम्भीर पहल हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

छलफलमा महामन्त्री थापा र शर्मा दुबैजनाले शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताउँदै शिक्षकहरूको आवाजप्रति पार्टी गम्भीर रहेको धारणा राखे । उनीहरूले शिक्षकहरूको माग सम्बोधनका लागि संसददेखि सरकारसम्म आवश्यक दबाब सिर्जना गर्ने तथा राजनीतिक संवादमार्फत समाधानको बाटो खोज्ने आश्वासन दिएका छन् ।

छलफललाई शिक्षक अगुवाहरूले सकारात्मक रुपमा लिएको जनाएका छन् । उनीहरूले अब आफ्ना मुद्दाहरू पार्टीको उच्च तहमा गम्भीरताका साथ प्रस्तुत भएकोमा आशा व्यक्त गर्दै निकट भविष्यमा सार्थक परिणाम आउने विश्वास व्यक्त गरेका थिए ।

छलफलले आन्दोलनरत पक्ष र राजनीतिक नेतृत्वबीच संवादको पुल निर्माण गर्दै समाधानको दिशातर्फको एक कदम अगाडि बढाएको सङ्केत गरेको बताइएको छ ।
आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेसँगै शैक्षिक क्षेत्रमा समस्या चुलिएको छ ।

सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको हो ।

चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहेको छ । यसैबीच महासङ्घले विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई पनि आन्दोलनमा बोलाएको छ ।

कक्षा १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासङ्घको निर्णय

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register